+977-057-521035, 9855070877    info@nabashahitya.org
मोफसल र साहित्य
  • समकालीन नेपाली कविताका आन्दोलन र प्रवृत्तिहरू


  • मगर भाषा र साहित्यको विकास


  • नेपालभाषा साहित्यमा प्रगतिशीलता


कविता
नव साहित्य


अन्तिम चित्कार



दिमागका नशा तन्किराछन निसास्सिएकी म सुनिदिने कोइ छैन ब्यसहारा, अबला पन्जामा परिसके जङली बहुला ब्वासोको,

अन्तिम चित्कार

-गायत्री भट्ट 



दिमागका नशा तन्किराछन

निसास्सिएकी म

सुनिदिने कोइ छैन

ब्यसहारा, अबला 

पन्जामा परिसके

जङली बहुला ब्वासोको,


घर भएर बस्नेठाउ नभएजस्तो

असुरक्षित 

यो माझ बारीमा  म

चिच्याउरहेछु, छट्पटाइ रहेछु, 

हात गोडा भट्याक भट्याक गरि, 

कोइ आउँछ कि

कसैले यो पापीबाट छुट्टाउछ कि भनी 

जो मेरो शरीरमा जुको जसरी 

टासिरहेछ चुसिरहेछ, टोकिरहेछ


लछारपछार गरि दुबै हात बाधी अनि 

मेरो मुख थुनी अफ्नो रजाइले

मेरा सारा शरीरलाई रगताम्बे पारी

मेरो जिन्दगिको अन्तिम क्षण बनाएर

आफ्नो जिब्रो फड्कारि

लुछिराछ, पिइरहेछ, भोगिरहेछ


मेरा लागि न परिवार न समाज

अनि न राज्य 

सबै मौन सबै रमिते

अनि सबै तटस्थ ,


मरिसके म तर श्वास जान गार्हो

अन्तिम क्षण बेहोस स्थिति

 र पनि

ब्वासो अझै लुछाचुणि गर्दै

मेरा अङ्ग भङ्ग गरी

अस्मितालाइ मैलाएर

एउटा निर्जिव बस्तुसरी,

मैदानमा माटोमैदान  मिलाइरहेछ


यो जुनी त्यागुला सायद केही क्षणमा 

अनि

 भक्कानिएलिन मेरी आमा

धुइरो चल्ला रमितेको

चु चु! र हाय! हरु बर्षेलान 

मुसलधारे जसरी

अनि 

तेहि आधीमा पिटिएलिन मेरि आमा वेसहारा बनी, बिक्षिप्त मुटुले

 लडिबुडी गर्दै

अफ्नो सन्तानको मायाले तड्पिएर मरेतुल्य भै बेहोसिमा कराउलिन

तर 

म गुमिसकेकी 

सन्सार छोडिसकेकी 

कसैले बिलौना नसुन्ने पक्षमा

बिलिन भैसकेकी 

एउटा तारा हुनेछु


मेरी आमा तिमिमात्रै हैनौ एस्तै गरि 

कति आमा तड्पेका छन,

 अझै कति तड्पनेवाला छन 

र पनि 

 निरीह यो राज्य 

राजनितिक मुद्दा हरुमै अड्केको बेला

सुन्ने समय काहा छ र

तिम्रो चित्कार?

पटक्कै छैन समय 

ति ब्वासाहरुको सम्हार गर्न

अनि तिमिलाइ न्याय दिन


कानुनलाइ दाउमा राखेर पैसाको मोलमोलाइमा 

रातारात छुटने अपराधीहरु

फेरि पनि समाजमा ब्वासोसरी 

सबै मेरै भनी हिड्न पाउने ठाउमा

 तिम्रो चीत्कार सुन्ने कस्ले??


अत: आमा बिक्षिप्त नभै

समाल्नु आफुलाइ 

अनि

येतिखेर धिकार्नु आफुलाइ 

नारी भै जन्मेकोमा

सायद पुरुष भएको भए म

तिम्रो सामु जिउदो हुन्थे म आज ।।।


प्रस्तुति : महेन्द्र ओझा 

  Contacts
महेन्द्र ओझा
Hetauda-11, Makawanpur Nepal,
+977-9841957389
nabasahitya@gmail.com
www.nabasahitya.org
Powered by:  
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
Top