स्रष्टा परिचय - जीवनी र व्यक्तित्व



व्यक्तित्व: गोमा सिटौला

गोमा सिटौलाको जन्म नुवाकोट जिल्लाको भद्रटार गा.बि.स. वार्ड नं ६ चुवान डाडा गाउँ निवासी पिता स्व :ढुण्डी राज सिटौला र माता राधा सिटौलाको कोखबाट आठौं सन्तानको रुपमा २०३८/३/४ भएको थियो ।
जन्म नुवाकोट भएपनि जन्मेको १०महिनामा बसाइँसराइ गरेर काठमाडौको वडा नं २९ सामाखुसीमा हुर्कीएकि सिटौलाको बाल्यकाल देखिनै साहित्यमा रुचि थियो।सिटौला स्कुल पढ्दा देखिनै कविता ,बक्तिक्त्व कला,वादविवादमा भाग लिदै साहित्य क्षेत्रमा प्रवेश गरेकी थिईन। 
साहित्यमा सानैदेखि रुचि भएपनि सन २०१६ अक्टोबर देखि लघुकथा कुनो बाट कलम चलाएकि सिटौला छोटो समयमा नै पाठक माझ चिरपरिचित भैसकेकी छन। यस क्षेत्रमा लाग्न परिवारबाट भन्दा पनि आफ्ना शुभचिन्तक साथीहरुको हौसला र सहयोगले लघुकथा लेख्न शुरु गरेकि सिटौला समकालीन साहित्य प्रतिष्ठानको साथीहरुको सहयोगले गर्दा गजल पनि लेख्दछिन।
साहित्य लेखनमा कस्को मुख्य प्रेरणा र सहयोग मिलेको थियो भन्ने मेरो जिज्ञासामा राजु क्षत्री को प्रेरणा र चिरञ्जीवी ढकालको सहयोगले लघुकथा लेख्न थालेको बताउँछिन भने गजल लेखनमा कृष्ण सुबेदीलाई सम्झिन चाहन्छिन।
सिटौलाले लेखेका लघुकथा र गजलहरु थुप्रै अनलाइन पत्रिकामा छापिई सकेका छन। 
हाल अस्ट्रेलियालाई कर्मथलो बनाएकी सिटौला स्वदेश फर्किएपछि आफ्ना सिर्जनालाई कृतिको रुप दिने र उक्त कृतिबाट प्राप्त रकमलाई सामाजिक कार्यमा लगाउने लक्ष्य लिएकी सिटौलाले साहित्य क्षेत्रमा ठुलो योगदान पुर्याउन सकुन। सिटौलालाई हार्दिक शुभकामना !!!
सङ्कलन 
बलराम पौडेल 
सम्पादक / कास्की,संस्करण

Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
329245 Times Visited.

Powered by: Exclusively Solution
Top
Content