+977-057-521035, 9855070877    info@nabashahitya.org
कृति समिक्षा तथा समालोचना
  • तुषारापातबारे बलराम पौडेलको समिक्षा


  • अन्धसत्ता सूत्रकथाको सुन्दर कृति


  • कृति समिक्षा तथा समालोचना : । आत्मालाप । जीवन एक संघर्ष अनेक मोड


  • कृति समिक्षा तथा समालोचना : । ऋतु फेरिदै जान्छ । सरितको छैठौं कथासंग्रह


  • कथा सङ्ग्रह लिएर नेपाली सहित्य बजारमा मनोज ।


स्रष्टा परिचय
जीवनी र व्यक्तित्व


व्यक्तित्व: धन्वन्तरि मिश्र (कात्यायन)



समाजमा घटेका दूष्कार्यहरूको चिरफार अलि फरकशैलिमा साहित्य मार्फत गर्न सकिन्छ । पृथक सोचाईकासाथ नेपाली साहित्यलेखनमा लाग्नुभएका साहित्यकार कात्यायन अर्थात् धन्वन्तरि मिश्र ।


बि.स २०१८ चैत १ मा काठमाडौँ महा-नगर पालिका,चाबहिल, ७ निवासी पिता डा.कृष्णबहादुर सिंह मिश्र र माता करुणा मिश्रको कोखाबाट जन्मनुभएका मिश्र घरमानै साहित्यिक माहोल भएकाले साहित्य लेखनमा रुचि बढेको अनुभव बताउनुहुन्छ । कात्यायन साहित्यितर्फ १५/१६ बर्षको उमेरपछि, मात्र निरन्तरता दिनुभएको पाईन्छ ।  लेख्ने मन त थियो ! तर, बिना अध्ययन कलम चलाउनु उचित लागेन पछि रमेश विकल दाइले प्रेरणा दिनुभयो, लेख्न थालें उहाका कृतिहरु पढेपछि आफुमापनि केही जोश उम्रेर आयो, अनि थालनी गरें साहित्यिक यात्रा स्कूल जीवनमा “लेख्न त लेख्थें तर आफैंलाई केही चित्त बुझ्दैन थियो, र च्यातिदिन्थें अँ साँच्चि म सात कक्षा पढ्दा वरिष्ठ कवि फणिन्द्रराज खेतालाज्यु ( त्यो समय उहाँ हाम्रो स्कूलको सहायक प्रधान-अध्यापक पनि हुनुहुन्थ्यो ) ले मलाई उत्साहित गरेर अन्तर-बिध्द्यालय निबन्ध प्रतियोगितामा भागलिन पठाउनु भएको थियो, भाग त लिएँ तर "म" सफल भइन त्यै अशफलताको जगले कात्यायनलाई यो स्थानमा पुर्र्येकी भन्नेचाहिँ लागेको छ । उहाले ४/५ वटा विषय दिनु भएको थियो मलाई निबन्ध लेख्न छानेर एउटा लेख्नु । तर,मैले सबै विषयका निवन्ध लेखेर देखाएँ राम्रो छ भन्नु भयो ! बस मलाई हौसला बढिहाल्यो” साहित्यकार कात्यायनका बुवा आयुर्वेदिक बरिष्ठ चिकित्सक एवम् कवि: पनि हुनुहुन्थ्यो भने उहाँकै सहोदर दाजु कणाद महर्षि वरिष्ठ साहित्यकार हुनुहुन्छ । वरिष्ठ साहित्यकार रमेश विकल र दाजु कणाद महर्षिको प्रेरणाबाट साहित्य क्षेत्रमा प्रवेश गर्नुभएका साहित्यकार कात्यायनलाई वरिष्ठ साहित्यकार डा.ध्रुवचन्द्र गौतमज्यु प्रेरणा र सल्लाह पनि मार्ग दर्शन गर्न सहयोग मिलेको थियो । साहित्यकार कात्यायनले आफ्नो साहित्यिक यात्रा कविता तथा कथाहरू लेखन गर्दै शुरुवात गरेको पाइन्छ ।

कात्यायनको पहिलो कथा “आदेश” चाबहिलबाट प्रकाशन हुने उत्साह त्रैमासिक पत्रिकामा मार्फत पहिलो पटक २०३९साल तिर, प्रकाशित भएको थियो । भने, त्यसपछि निरन्तर मधुपर्क,गोरखापत्र,गरिमा,रचना,उत्साह लगायत अन्य स्मारिका हरू र त्रैमासिक पत्र-पत्रिकाहरूमा फुटकर कथा तथा कविताहरू प्रकाशन हुन थाले । कात्यायनको लेखन कार्य बिबिध कारणबश २०४४/४५ साल पछि लगभग स्थगित हुन पुगेको थियो । लामो समयको अन्तरालपछि बि.स. २०७३ सालबाट पुनः लेखन कार्यको शुरुवात भएको पाइन्छ । यति लामो समयसम्म लेख्न छाडनुको कारण के होला ? मेरो जिज्ञासामा उहाले "यताउता घुम्दाघुम्दै अमेरिका पुगियो । अनि केही बर्ष त्यही अध्ययन र काम गर्दै बिताइयो,फुर्सद नै मिलेन भनौं या आफैं कमाएर पढदा त्यति सम्भव नहुने आफ्नो अनुभव सुनाउनु भयो । युवा अवस्थामा पुस्तक पढ्ने,चेस,क्यारम तथा फुटबल खेल्ने सोखथियो, कात्यायनको खेलमा उहाले थुप्रै पुरस्कार पनि प्राप्त गर्नुभएको पाइन्छ । समाज सेवामापनि रुचि राख्ने कात्यायन थुप्रैपटक आन्दोलनहरूमा भाग पनि लिईसक्नुभएको छ । प्रकाशित कृतिमा सूत्रउपन्यास "कोमामा आमा" मिति : २०७३,कार्तिकमा प्रकाशित भएको थियो, प्रकाशित हुन बाँकी केही कथा संग्रह, एउटा कविता संग्रह,एक पत्रकथा संग्रह तथा लघु तथा सूत्रकथा संग्रहहरू पालोकुरेर बसिरहेकाछन । कात्यायन तत्कालमा अर्को “गन्तब्य” सूत्र-उपन्यास प्रकाशन गर्ने तयारी गर्दै हुनुहुन्छ । हाल स्वमसेवी संस्थाहरूमा बाहेक लाभका कुनै संस्थाहरूमा संलग्न नरहनु भएका साहित्यकार कात्यायनले युवा अबस्थामा केही कथा तथा कविताहरूमा प्रथम तथा विशेष पुरस्कार र खेलकुदमा चेस र क्यारममा पाउनुभएका उहाले साहित्यतर्फ भने सानातिना पुरस्कार बाहेक अरु उल्लेखनीय पुरस्कारहरु पाउनुभएको छैन ।

काठमाडौ ७ चाहबिलमा आफ्नै निवासमा बस्दै स्वतन्त्र लेखनमा लाग्नुभएका साहित्यकार कात्यायनले अमेरिका तथा केही यूरोपका देशहरूहरू भ्रमणपनि गरिसक्नु भएको छ । हाल उहाँको कलम नियात्रा,लघुकथा र सुत्रकथामा केन्द्रित हुदैछन । नेपाली समाजमा भएका दूष्कार्यहरूको चिरफार गरेर औल्याउनेकार्य साहित्य मार्फत गर्न सकिन्छ  । साहित्यले पाठकहरूलाई सजग गर्नपनि सकिन्छ, र दूष्कार्य गर्ने समाजलाई चेतावनी पनि सिकाउछ, भन्ने साहित्यिक मानसिकता भएका साहित्यकार कात्यायनलाई उहाँको सोचाई अनुरुप अगाडि बढन सफलता समाजका गरेक तह तप्काले प्रदानगरुन, हामि कामना गरौ उहाले रोप्नुभएको साहित्यको सृष्टिले अवसर पावोस नब साहित्यिक परिबारको तर्फबाट हार्दिक “शुभकामना” !!!

प्रधान सम्पादक: महेन्द्र ओझा
सङ्कलन: बलराम पौडेल  सम्पादक / कास्की,संस्करण

व्यक्तित्व: डा.झमक घिमिरे ।

व्यक्तित्व: डा.घनश्याम

व्यक्तित्व: खेमराज पोखरेल

व्यक्तित्व: श्रीराम राई

व्यक्तित्व: शारदा पौडेल (सापकोटा)

व्यक्तित्व: राजु क्षत्री (अपुरो)

व्यक्तित्व: डिडि अधिकारी

व्यक्तित्व: बिजय अधिकारी (बिरानु)

व्यक्तित्व: गोमा सिटौला

व्यक्तित्व: कुमार काफ्ले

व्यक्तित्व: नीर बहादुर भण्डारी

व्यक्तित्व: नारायण तिवारी

व्यक्तित्व: धर्म सापकोटा (राजु)

व्यक्तित्व: दुर्गाप्रसाद ग्वालटारे

व्यक्तित्व: राजा पुनियानी

व्यक्तित्व: धन्वन्तरि मिश्र (कात्यायन)

व्यक्तित्व: मीरा प्रसाईं

व्यक्तित्व : मित्र पाठक

व्यक्तित्व: युवा गीतकार दिपेन्द्र खडका ।

व्यक्तित्व: भवानी तिमल्सिना न्यौपाने ।

व्यक्तित्व: नेपाली साहित्य लेखनमा जयदेश श्रेष्ठ ।

व्यक्तित्व: नेपाली साहित्यका सम्भावित अनुहार विवस चौलागाईं ।

व्यक्तित्व: निमेष निखिल ।

व्यक्तित्व: कवि तथा भाषाबिद मुकुन्द शरण उपाध्याय ।

व्यक्तित्व: सरण राई

व्यक्तित्व: लोकमणि पौडेल

व्यक्तित्व: सुदामा कृष्ण ।

व्यक्तित्व: भरत आचार्य ।

व्यक्तित्व: लेखनाथ खनाल

बाल गजलकार: सुदर्शन पौडेल

व्यक्तित्व: रत्न कोजु ।

व्यक्तित्व: राजन सिलवाल

व्यक्तित्व: दिलिप राई (सगर)

व्यक्तित्व: यमुना प्रधानाङ्ग (मुना)

व्यक्तित्व: आस्तिक ढकाल

व्यक्तित्व: ईशा शाह

व्यक्तित्व : डा.राजेन्द्र कुमार आचार्य

व्यक्तित्व: अमर त्यागी

व्यक्तित्व: कृष्णशरण उपाध्याय

व्यक्तित्व: रीता ताम्राकार

व्यक्तित्व: मन्दिरा मधुश्री

व्यक्तित्व: उद्धव प्रसाद प्याकुरेल

व्यक्तित्व: माया ठकुरी

व्यक्तित्व: टंक बहादुर आलेमगर

व्यक्तित्व: देवेन्द्र के.सी. (देबु)

व्यक्तित्व: कोविदशरण उपाध्याय

व्यक्तित्व: इन्द्रकुमार श्रेष्ठ सरित्

व्यक्तित्व: विवश पोखरेल

व्यक्तित्व : बिनोद कुमार श्रेष्ठ

व्यक्तित्व : कृष्ण प्रसाईं

व्यक्तित्व : मन्जु श्रेष्ठ

व्यक्तित्व : पुष्प आर. जे

व्यक्तित्व : पद्मराज ढकाल

व्यक्तित्व : बाबुराम न्यौपाने

व्यक्तित्व : उषा शेरचन ( भट्टचन)

जीवनी र व्यक्तित्व : भक्तराज रंजित

जीवनी र व्यक्तित्व : गौतम रानाभाट

जीवनी र व्यक्तित्व : शेषराज भट्टराई

जीवनी र व्यक्तित्व : भागीरथा प्रसाई

जीवनी र व्यक्तित्व : वासुदेव त्रिपाठी

  Contacts
नव साहित्य डट ओआरजी
Main Road,Hetauda , Makwanpur
+977-9851177389
nabasahitya@gmail.com
http://nabasahitya.org
Powered by:  
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
Top