स्रष्टा परिचय - जीवनी र व्यक्तित्व



व्यक्तित्व : मित्र पाठक

साहित्यमा गन्थन मात्रै गर्नु हुदैन समाज परिबर्तनको लागि हुनुपर्छ । बिचारले सांकेतिक रुपमा आफ्नो नामको पछाडि काचुली झुन्ड्याएका साहित्यकार,मित्रलाल पाठक नेपाली साहित्यको निम्ति काँचुलि नै बनूँन हामि कामना गरौ ।
साहित्यक नाम (काँचुलि) राख्नुभएका मित्र पाठक को जन्म स्याङ्जा जिल्लाको पेलाकोट गा.वि.स. ७,चोकमा निवासी पिता स्व.टंक प्रसाद पाठक तथा माता स्व. देउरूपा पाठकको कोखाबाट बि.सं २०३८/०६/१३ मा भएको थियो ।

उहाँलाई सानैमा काखमा च्यापेर मधेशमा बसाइँ सरेको उहाँको परिवार नवलपरासी जिल्लाको हालको देवचुली नगर पालिकाको वार्ड न ७, सिताबासमा स्थायी बसोबास गर्दै आएका छन । परिवारको कान्छो छोरा भएर माया पाएर होला, घरमा आमाले मायाले मेरो राजा भन्दा भन्दै राजु नामले बोलाउन थाले पछि गाउँघरमा धेरैमाझ “राजु” भनेर चिनिनुहुन्छ अहिले पनि ।
कक्षा आठमा पढ्दा २०५२ साल देखिनै साहित्य तर्फ आकर्षित हुनुभएको उहाँ आफ्ना डायरीमा कबिता लेख्नुहुन्थ्यो भने कक्षा ९ मा पढ्दा वाचन गरेको उहाँको कबिता “यो नेपाल हो यहाँ जसले जे गरे पनि हुन्छ ।”  शिर्षकको कबिताबाट प्रभावित भएका स्थानिय समाजसेवी वालानन्द अर्यालले नगद पुरस्कार दिएपछि भने उहाँले आफुमा केही लेख्ने खुवी भएको महसुस गर्दै साहित्यमा प्रेरित हुनुभएको पाइन्छ । रेडियो नेपालबाट प्रसारण हुने साहित्यिक कार्यक्रमहरुले आफुलाई आकर्षित गरेको बताउने पाठकको आफ्नो पहिलो रचना प्रकाशन भने अध्ययनको क्रममा चितवनको बसाइँमा २०५६ सालतिर आदर्श समाज राष्ट्रिय दैनिक बाट लघुकथा “धन हुनेको मन” बाट सुरु गर्नुभएको थियो । त्यती बेला चितवन र गैंडाकोटको साहित्यिक माहोल उर्वर थियो, जस्लेगर्दा उहाँले कबिता र लघुकथाको अलवा हाइकु,गजल,गीत,मुक्तक, ब्यङ्य, सबै बिधामा कलम चलाउनु भएको पाइन्छ । युवा अवस्थामा फुटबल खेलमा रुचि राखेपनि ब्याट मिन्टन र टेबल टेनिसमा पनि हिजो आज उहाँको खाली समय बित्ने गरेको पाइन्छ । सामाजिक कार्यमा पनि उहाँ कहिल्यै पछि पर्नुभएन । युवा क्लवहरुमा हुने हरेक सामाजिक कार्यक्रम हरुमा उहाँको उपस्थिती हुन्थ्यो । बिशेष गरेर उद्घोषण र नाटक हरुमा कमिक गर्नु उहाँको सोखको बिषय थियो ।
उच्च शिक्षाको लागि राजधानी पस्नु भएको पाठ्क हरेक जसो रेडियो र टेलिभिजनका कार्यालय पुग्नुहुन्थ्यो त्यो पनि आफुलाई मन पर्ने प्रस्तोता भेट्न र गजल कबिता र लघुकथा सम्प्रेसण गर्नका लागि ।
बाबा र आमाले एक बर्षको अन्तरालमै मायाको डोरी चुडाए पछि उहाँको जीवनमा थप संघर्ष थपिएको थियो । 
अली बर्ष चितवनको बसाइँ पक्का भए पछि, २०५९ सालतिरबाट, साहित्य अझै प्राथमिकतामा परेको बताउने साहित्यकार पाठक प्रधान सम्पादक भएर दियालो साहित्यिक मंच मार्फत साहित्यिक पत्रिका “दियाँलो”को सम्पादन गर्न थाले पछि भने साहित्यले अरु गति लिन थालेको थियो र यो बिचमा स्कुलमा शिक्षण र गैंडाकोट स्थित विजय एफ एममा कार्यक्रम संचालकको जिम्मेवारी एकसाथ लिएपछि बल्ल समय र जीवनको महत्व बुझ्न थालेको उहाँको ठम्याइ छ । उच्च शिक्षा हासिलको क्रममा बि सं २०६१/६२ मा फेरी काठमाडौं छिरेपछि संयोगले उहाँ जन आन्दोलनको रिपोर्टर बन्नुभयो र चाहबिल क्षेत्रबाट गैंडाकोट बिजय एफ एमका लागि खटेर रिपोर्टिङ गर्दा घाँटी सुकेको र ढाडमा लाठी बर्सेको क्षण अबिस्मरणिय रहेको छ, उहाँको जीवनमा । चितवन, गैंडाकोट र देवचुलीकामा  पनि बिभिन्न साहित्यिक कार्यक्रममा सक्रिय सहभागीताका अलवा अनुपम साहित्य प्रस्तिस्ठान, गैंडाकोटमा सचिव, इन्दु गजल प्रधान पत्रिकाको अतिथी सम्पादक बन्नुभयो उहाँ । २०६५ साल सम्म निस्कदै गरेको दियाँलो पत्रिका हाल भने दियालो साहित्यिक सँगालो नामले फेसबूक पेजमा संचालानमा छ । लघुकथा संग्रह “भलाद्मी श्रीमती-२०६३” ( प्रकाशक: रत्नराधिका साहित्य परिषद ) र “गजल आकाश -२०७०” ( प्रकाशक: दिपक पाण्डे ) उहाँका प्रकाशित कृति हुन । साथै उहाँले आफ्नै शब्द संयोजन र बिशाल ढकालको संगीतमा २०६० सालमा “हिंडेकै छु डुलेकै छु घाइते मुटु लिएरै नि” बोलको आधुनिक गीत समेत आफ्नै आवाजमा रेकर्ड गराउनु भएको थियो, र पछि २०६९ मा “धन चोर्नेलाई चोर भन्छन मन चोर्ने लाई के भन्ने ?” बोलको लोक दोहोरी गीतको एल्बममा लय तथा शब्द संयोजन समेत गर्नुभएको छ । यसका साथै बिभिन्न साहित्यिक पत्रिका,राष्ट्रिय दैनिकहरु र अहिले बिशेष गरी अनलाईन खबर,सेतोपाटी,सेतोघर जस्ता अनलाईन पत्रीकामा,लघुकथा कुनो,समकालिन साहित्य प्रतिस्ठान,दियालो साहित्यिक सँगालो,मध्यबिन्दु साहित्यिक मंच लगायत अन्य अनलाइन समुहहरुमापनि पाठकका रचनाहरु प्रसस्त पढ्न पाईन्छ । बि. सं २०६५/६६ तिर बनस्पती बिद्यार्थी समाजको सभापति तथा बि.सं २०७० साल तिर, नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिती ललितपुरमा सचिव समेत रहनु भएका उहाँले आफ्नो बहुआयामिक खुबी देखाइसक्नु भएको छ । नेपाल सरकार वन मन्त्रालय अन्तर्गत बनस्पती बिभागमा बैज्ञानीक अधिक्रितको रुपमा छ बर्ष देखी कार्यरत पाठक हाल भने विश्व ब्यापी प्रतिस्पर्धाबाट छात्रवृत्ति पाएर अध्ययन बिदामा बिद्या वारिधि ( पी एच् डि ) अध्ययनका लागि चाइनाको छेङ्दु शहरमा रहनुभएको छ । बनस्पती अनुसन्धानको क्रममापनि उहाले केही उपलब्धी प्राप्त गर्नुभएको छ । सरकारले हरायो भनेर सुचना निकालेको “भोटे लहरा ३० बर्ष पछि भेटेर २०६८ सालमा राष्ट्रिय संरक्षण पुरस्कार पनि प्राप्त गर्नुभएको छ । यस्तै बहुमुल्य “बोधिचित्त” लाई संसारकै लागि नयाँ प्रमाणित गरेर भगवान बुद्धको नाममा जिजिफस बुधेन्सिस भट्टराई एन्ड एम एल पाठक बैज्ञानिक नामाकरण गर्ने कामपनि उहाँको ठुलो उपलब्धी मानिन्छ । यसको अलवा राष्ट्रिय तथा अन्तराष्ट्रिय जर्नलहरुमा एक दर्जन बढी उहाँका अनुसन्धनात्मक लेखहरु प्रकाशित छन । पढाईको पेलानमा भएपनि थोरै समय अहिले पनि साहित्य पढ्न र लेख्न छुट्याउने उहाँको लघुकथा,कथा,उपन्यास,नियात्रा पछिल्लो समय रोजाइका बिधा हुन । उहाँको दोश्रो लघुकथा संग्रह ( नाम जुराउन बाँकी ) २०७४ साल भित्रै ल्याउने तयारीमा लाग्नुभएको छ । यसको अलवा एउटा कथा सङ्ग्रह,नियात्रा र कबिताको पनि पान्डुलिपी लगभग तयारी अबस्थामा छन । स्कुल जीवनमा र जिल्ला स्तरिय कबिता प्रतियोगिताहरुमा थुप्रै पुरस्कार जितेपनि अन्य साहित्यिक पुरस्कारका लागि आफु अहिले नै योग्य नभएको र त्यसका लागि आफुले साहित्यलाई उलेख्य समय पनि दिन नसकेको बताउने उहाँ अझ धेरै सिकेर आफ्नो साहित्यिक र बैज्ञानीक ज्ञान आउने पिढी सम्म पुराउनु अबको आफ्नो दायित्व सम्झनुहुन्छ । साहित्य लाई जीवन र समाजको दर्पण अनि आफ्नो अभिन्न पाटो मान्ने उहाँको भबिस्यमा पनि साहित्यलाई सँग सँगै लैजाने र पाठकमाझ राम्रा राम्रा साहित्यिक कोसेली पस्कने योजनाले सफलता प्राप्त गर्न सकोस । यहि कामना गरौ मेरो ब्यक्तिगत तर्फबाट र नव साहित्य परिवारको तर्फबाट उहाँप्रति हार्दिक शुभकामना !!!

प्रधान सम्पादक: महेन्द्र ओझा
सङ्कलन: बलराम पौडेल  सम्पादक / कास्की,संस्करण

Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
247342 Times Visited.

Powered by: Exclusively Solution
Top
Content