गजल - स्वतन्त्र गजल



गजल: सुमि पौडेलको लयबद्ध गजल ।

बिदेशी रङ्गले आफ्नै पहिचान,ओझेलमा परेको छ ।
मिठो सपनाले यहाँ स्वाभिमान,ओझेलमा परेको छ ।।

अङ्ग्रेजी मा बोल्न थाले आफ्नै नेपाली संग पनि,
कसरी भनु यहाँ मातृभाषा ज्ञान ओझेलमा परेको छ ।

सर्ट पाइन्ट लाएर यहाँ नलाउने लाई पाखे रैछे अरे,
यहा सारी गुन्युचोली को शान ओझेलमा परेको छ ।

चाडपर्व मा होटेल तिर साथिभाइ संग पार्टी चल्छ,
बाआमा दिदिबैनीको योगदान ओझेलमा परेको छ ।

राम्रो फोटो देखे पछी लाइक कमेन्ट आउँछ धेरै,
फोटोले साहित्यप्रेमिको ध्यान ओझेलमा परेको छ ।

Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
247267 Times Visited.

Powered by: Exclusively Solution
Top
Content