स्रष्टा परिचय - जीवनी र व्यक्तित्व



व्यक्तित्व : डा.राजेन्द्र कुमार आचार्य

साहित्यकार डा.राजेन्द्र कुमार आचार्यको जन्म अर्घाखाँची जिल्लाको मरेङ गाबिस वार्ड नं ५ निवासी पिता ईश्वरनाथ आचार्य तथा माता शावित्रा आचार्य का कोखबाट जेष्ठ पुत्रका रुपमा बि सं २०२६/६/१५ गतेका दिन भएको थियो।

सानैबाट पढाईमा तेज रहनुभएका आचार्य बिधालयका बिद्यार्थीमा अनुशासित बिधार्थि रहेको पाइन्छ । सानैबाट अनुशाशनमा रहने र पढाईमा एकाग्र हुने आचार्य साहित्य प्रतिपनी रुचि राखेको पाइन्छ। बि.सं २०३८-३९ तिर त्यतिखेर स्कूलमा ७-८ कक्षामा पढ्दा खेरी गाउँमा प्रगति पुस्तकालय नामको पुस्तकालय स्थापना गरिएको थियो। सो पुस्तकालयले भानु जयन्तिको अवसरमा वृहत कवि गेठीको आयोजना गर्ने गर्दथ्यो । त्यतिखेर आफ्ना गुरुहरु धर्म भुषाल र आफ्नै नामका गुरु राजेन्द्र कुमार आचार्यले भानु जयन्तिमा कविता प्रतियोगिता हुँदैछ, तिमिलेपनी कविता लेखेर लिएर आउनु भनेर भन्नुभएको र आफुले नजानी नजानी कोरेको कविताले प्रतियोगितामा प्रथम स्थान ओगटन सफल भए पछि आफुलाई साहित्य लेखनमा हौसला मिलेको कुरा बताउनुहुन्छ। तत्कालिन समयमा उहाँले लेखेका गीतलाई "गीत तथा नृत्य प्रतियोगिता "मा स्थानीय विद्यालयले समावेस गरेकोमा दोस्रो  स्थान प्राप्त गरेको सम्झनु हुन्छ । 

पञ्चायत कालमा स्थानीय रुपमा साँस्कृतिक कार्यक्रम गर्दा पनि जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट शब्द पास गराउनु पर्दथ्यो । मरेङ राजनैतिक चेतना स्तरमा माथी भएको कारण त्याहाँ विना स्वीकृति साँस्कृतिक कार्यक्रमहरु गरिन्थे । ति कार्यक्रमहरुमा साहित्यकार आचार्यले गीत तथा कमिक (लघु नाटक) लेख्ने गरेको पाइन्छ। निजले लेखेका गीत तथा साना नाटकहरू प्रायः सबै नै प्रस्तुत गरिएका हुन्थे ।शब्द पास बिना साँस्कृतिक कार्यक्रम संचालन गरेको  जिल्लामा सि डि यो ले थाहा पाए पछी मरेङका मानिसहरु जिल्लामा जाँदा निकै खारखेर पार्ने गर्दथे । साहित्यकार आचार्यकी आमा पनि शिक्षण पेशामा लागेकी हुनाले छोराले लेखेका गीत नाटकहरू प्रस्तुत गर्नु पूर्व पास गराउनु भन्ने सचेत गराइन्थ्यो । घुमाउरो पाराले प्रस्तुत गरेका भाषाहरुको अर्थ लगाउने हिम्मत सि डि यो को हुदैनथ्यो । एक पटक घुमाउरो अर्थ लागेको नाटक यसरी सम्झना गर्नुहुन्छ।

लेकका भाले जिन्दावाद
अनारसका विउ जिन्दावाद
नेविको सातु जिन्दावाद । 
भनेर नाटकमा राखिएको अर्थ निकाल्ने सकेनन । यसलाई गाइजात्रै रमाइलो भनेर अर्थ लगाए । जबकी यसमा ने. क.पा.मा.ले. जिन्दावाद । अ.ने.रा.स्व.वि.यु. जिन्दावाद । ने.वि. संघ जिन्दावाद भन्ने अर्थमा प्रस्तुत गरिएको थियो ।

साहित्य नै समाज हो र समाज आफैमा एक साहित्य हो । सामाजिक बिसङ्गति साहित्यमा आउदाहरूले थाहा पाउछन । त्यसमा पोखिएका प्रतिक्रियाहरूले समाजलाई रचनात्मक कार्यतिर दिशाबोध गर्दछ । साहित्य आफैले पनि सुधारका उपायहरु वताई राखेको हुन्छ ।" डा.राजेन्द्र कुमार आचार्य । 

सानै उमेरबाट साहित्यमा हेलमेल हुँदै आउनुभएको उहाँ युवा अबस्थामा आइपुग्दा साहित्य र कानून लाई आफ्नो रुचिमा राखेको पाइन्छ । कानुनका बिधार्थी भएपनी साहित्यप्रती कलम चलाउदै आउनु भएका साहित्यकार आचार्य आफ्नो रुचि अनुरुप पढाइ र साहित्य लेखनलाई एकसाथ गर्दै लानुभएको पाइन्छ। साहित्यमा न्याय र न्यायमा साहित्यको मिश्रण गर्दै आउनुआउनुभएका साहित्यकार आचार्य  आफूले गुरु प्रसाद मैनाली पछीको प्रयोगवादी भएको भन्नुहुन्छ।

साहित्यका अलवा कानुनका बिषयमा पनि आफ्नो कलम चलाउनु भएका साहित्यकार आचार्यले गैर साहित्यिक र साहित्यक विधामा आफ्ना विभिन्न कृतिहरु पाठक सामु ल्याईसक्नु भएको छ।जसमधे- कानुन र न्याय सम्वन्धि कृतिहरु -१. नागरिकता विधिशास्त्र २०५५, २. अपराध अनुसन्धानको सामान्य परिचय २०५८, ३. सवारी तथा यातायात व्यवस्था ऐन २०४९ एक टिप्पणी २०६७ रहेका छन भने साहित्य तर्फका कृतिहरुमा- १. भक्ति आँकुरा २०५७ ,२. शब्द बन्न डराएका अक्षरहरु २०५९ र ३. वादी उपन्यास २०७१ जस्ता कृति पाठक सामु पस्की सक्नु भएको छ भने समसामयिक विषयमा लेखिएका लेखहरु स्थानीय तथा रास्ट्रीय पत्र पत्रिकाहरुमा ५०० भन्दा बढी  प्रकाशित भैसकेका छन। साहित्य सम्बन्धी लेखिएका थुप्रै पाण्डुलिपिहरु भएपनी तिनलाई अहिले प्रकाशित गर्ने मनसाय नभएको बताउने साहित्यकार आचार्य अहिले छिट्टै प्रकाशोन्मुख कृतिहरुमा गैर साहित्यिक कानून सम्वन्धी किताव २०७४ दशै भित्रमा प्रकासन गर्ने लक्ष्य रहेको बताउनु हुन्छ। 

आफ्नो कार्य ब्यस्तताले गर्दा आफुले चाहेर पनी विभिन्न सामाजिक संघ संस्थाहरुमा आबद्ध रहन नसकेको बताउने साहित्यकार आचार्य न्यायपालिका अधिकृत समाजको तत्कालिन उपाध्यक्ष र तत्कालिन नेपाल वार एशोसियसन रूपन्देही इकाइको कोषाध्यक्ष रहनु भएको पाइन्छ। साहित्यका विभिन्न गोस्टी र सम्मेलनहरुमा भाग लिई सक्नुभएका साहित्यकार आचार्य विभिन्न संस्थाहरुबाट सम्मानित भैसक्नु भएको छ। जसमध्ये प्रगति पुस्तकालय मरेङ बाट २ पटकसम्म कवि गोष्ठीमा प्रथम पुरस्कार र सेवा सम्वन्धी आन्तरिक रुपमा पुरस्कार प्राप्त गर्नुभएको छ। जिबनको गोरेटोमा विभिन्न आरोह अबरोह हरु पार गर्नुभएका साहित्यकार आचार्य पहिला वकील बन्नु भएको थियो। त्यसपछि सरकारी वकील अदालतमा प्रशसाकीय पदाधिकारी हुँदै हाल तनहुँ जिल्ला अदालतमा न्यायाधीश पदमा रहि आफ्नो जिम्मेवार बहन गर्दै आउनु भएको छ।

साहित्यकार आचार्यका अप्रकाशित सिर्जनाका पाण्डुलिपिले शीघ्र रुपमा प्रकाशित भएर कृतिको रुपमा पाठक सामु आउन सकुन।ती कृतिले साहित्यिक इतिहासको पर्खालमा थप ईटाको काम गर्न सकुन। आफ्नो पदीय जिम्मेवार लाई इमान्दारिताका साथ बहन गर्दै जनमासमा उदाहरणिय ब्यक्ति बन्न सफल रहनुहोस नव साहित्य परिवारको तर्फबाट अनेकौं शुभकामना !!!

प्रधान सम्पादक: महेन्द्र ओझा
सह-सम्पादक: निर बहादुर भण्डारी 
सङ्कलन: बलराम पौडेल / सम्पादक: कास्की,संस्करण

Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
247350 Times Visited.

Powered by: Exclusively Solution
Top
Content