+977-057-521035, 9855070877    info@nabashahitya.org
कृति समिक्षा तथा समालोचना
  • तुषारापातबारे बलराम पौडेलको समिक्षा


  • अन्धसत्ता सूत्रकथाको सुन्दर कृति


  • कृति समिक्षा तथा समालोचना : । आत्मालाप । जीवन एक संघर्ष अनेक मोड


  • कृति समिक्षा तथा समालोचना : । ऋतु फेरिदै जान्छ । सरितको छैठौं कथासंग्रह


  • कथा सङ्ग्रह लिएर नेपाली सहित्य बजारमा मनोज ।


स्रष्टा परिचय
जीवनी र व्यक्तित्व


व्यक्तित्व: रीता ताम्राकार



साहित्य जीवन, जगत, समय को छाँया र देखिएका, भोगिएका, अनुभूति गरिएका यर्थाथ हरुलाई शाब्दिक शिल्प द्धारा अभिव्यक्त गरिने माध्यम हो र साहित्य ले समाज मा चेतना, सकारात्मक सोंच, भावनाका संवेगहरु सम्प्रेषण गरेर विद्यमान विकृति र विसंगती लाई हटाई समाज परिर्वर्तन गर्न मा ठूलो भुमिका निर्वाह गरेको हुन्छ । -समाज सेवि एवं साहित्यकार रीता ताम्राकार ।


समाज सेवी एवं साहित्यकार रीता ताम्राकार को जन्म कोशि अञ्चल को संखुवासभा जिल्ला चैनपुर ०४, हिटी टोल मा बि.सं २०२२/०२/०९ शनिवार को दिन  पिता स्व.श्री सानुकाजी ताम्राकार तथा  माता श्रीमति देवी माया ताम्राकार को कोख बाट जेठो सन्तान को रुपमा भएको थियो ।

चैनपुर मा बाल्यकाल बिताउदै चार कक्षा सम्म को शिक्षा प्राप्त गरेपछी बुवा आमा को बसाइँ  सराई ले गर्दा पाँच कक्षा  देखि को शिक्षा धरानमा लिनुभएकी साहित्यकार ताम्राकार बिद्यार्थी जीवन बेला बाट आफ्ना कापि मा मन का बह कलम बाट कोरेर मन हलुका बनाउने गरेको बताउनु हुन्छ । आर्थिक रुपमा कमजोर भएपछि समाज, आफन्त र आफ्नै बाट पनि तिरस्कार, अवहेलना,उपेक्षा धेरै पाएको र त्यो अवस्था मा मन,मष्तिस्क,ह्रदय अत्यन्तै मर्माहत भई भावुकता को सागर मा डुब्दा आफू मा  गुम्सिएका विरोध का स्वरहरु सुसाउन नसक्दा त्यस लाई व्यक्त गर्न कागज र कलम ठुलो सहारा बनेको बताउनु हुन्छ । त्यति बेला मन मा उर्लेका भावनाहरु अक्षर को रुप मा छताछुल्ल पार्दै लेखेका कुरा निकै दिन सम्म पटक पटक पढने र च्यात्ने गरेको र एहि समाज र आफन्त को तिरस्कार ले आफू साहित्य लेख्न थाल्नु भएकी उहाँ आफ्नो प्रेरणा को श्रोत वरिष्ठ कथाकार श्री माया ठकुरी ज्यू लाई मान्नु हुन्छ।साहित्यकार ताम्राकार भन्नुहुन्छ -"म उहाँ  को कथाकारिता र संघर्षपूर्ण जीवन गाथा बाट अत्यन्तै प्रभावित छु । म पनि बच्चा बेला देखि नै बाँच्न र बचाउन संघर्षरत छोरी भएर नै होला यो संयोग जुरेको ।"

बाल्यवस्था देखि युवाअवस्था सम्म सिप का काम मा (हस्तकला), अध्ययन र पाककला तिर रुचि राख्नुहुने साहित्यकार ताम्राकार ती रुचि लाई आज सम्म पनि कायमै राख्दै आउनु भएको छ । युवा अवस्था मा धर्मकर्म,ब्रत,पुजापाठ मा खुब रुची राख्ने उहाँ  गीत संगित सुन्दै सगँसँगै गाउनु पनि आफ्नो रुचि रहेको बताउनु हुन्छ ।

साहित्यकार ताम्राकार का प्रकाशित कृतिहरु:
साहित्य का विभिन्न विधा मा कलम चलाउँदै आउनु भएकी साहित्यकार ताम्राकार  का हाल सम्म दुई वटा कृति प्रकाशित भएका छ्न ।
 
प्रकाशित कृति:
१.“तुषारापात” कथा संग्रह २०६१ भदौमा वाणी प्रकाशन विराटनगर बाट प्रकाशित भएको थियो ।
२.“दृश्य परिदृश्य” कथा संग्रह २०७३ भदौमा पूर्वाञ्चल  साहित्य प्रतिष्ठान विराटनगर बाट  प्रकाशित भएको थियो ।
प्रकाशोन्मुख कृतिहरु:
अब प्रकाशित हुने कृतिहरु पनि कथा संग्रहहरु नै भएको र कृतिको नाम सोचि नसकेको भएपनी प्रकाशन को तयारी मा  रहेका छन ।
साहित्यकार ताम्राकार आबद्ध संघ संस्थाहरु:
१. साहित्य सञ्चार प्रतिष्ठान इटहरी को संस्थापक सदस्य । 
२. वाणी प्रकाशन विराटनगर को आजिवन सदस्य ।
३. अच्छा राई रसीक प्रतिष्ठान इटहरी को आजिवन सदस्य । 
४. इटहरी साहित्यीक समूह को आजिवन सदस्य 
५. मोती संस्मरण समिति धरान को आजिवन सदस्य । 
६. साहित्य सन्चार प्रतिष्ठान को कार्यकारीणी सदस्य । 
७. किसान कल्यान बचत तथा ऋण सहकारी संस्था को भु.पु उपाध्यक्ष ।
साहित्य क्षेत्र र सामाजिक क्षेत्र मा पुर्याएको योगदान को कदर गर्दै  इटहरी साहित्यीक समुह र इटहरी नगरपालिका को संयुक्त आयोजित कार्यक्रम मा २०६५ असोज मा सम्मानित हुनु भएको थियो भने अन्य कार्यक्रम र समुह बाट पनि सम्मानित भै सक्नुभएको छ ।
पेसा:
एघार बर्ष को उमेर देखि नै आफू ले जानेको  सिप मार्फत आय आर्जन गर्नु आफ्नो बाध्यता बताउने साहित्यकार ताम्राकार  बिगत का दिन मा पन्ध्र वर्ष को उमेर देखि आफ्नो सिप लाई मुल आयश्रोत बनाएर परिवार आफ्नो काँध माथि बोकेर   हस्तकला को अतिरिक्त पेशागत रुप मा होईन् इच्छा र रहर ले समय अनुकुल रहँदा टोल का र कार्यलय का दिदी बहिनी लाई पाककला को प्रशिक्षण पनि दिनुहुन्थ्यो । हाल विगत २३ बर्ष देखि एसओएस बालग्राम इटहरी को हाताभित्र संचालित सीप विकाश तालिम केन्द्र इटहरी मा महिला दिदी बहिनी लाई सिप सिकाएर आत्मनिर्भर बनाउने काम गरी रहनु भएको छ । यो भन्दा पहिला उहाँ लाखे शिल्पकला तालिम केन्द्र धरान मा काम को अनुभव बटुली सक्नु भएको थियो । आउँदा दिन मा पनि आफ्नो उमेर को हदबन्दी ले दिए सम्म यहि काम गर्ने इच्छा देखाउने साहित्यकार ताम्राकार आफू ले अहिले सिकाउने सिपहरु मा सिलाई कटाई,मेशिन ईम्ब्रोडरी , हाते कढाई र फेब्रिक पेन्टिङ्ग गरेर जम्मा चार विषय भएको बताउनु हुन्छ।बिशेष गरि पिछाडीएका थारु समुदाय ,मुसहर समुदाय बाट र परित्यकत्ता अनि एकल महिला लाई छानेर प्रशिक्षण दिने तालिम केन्द्र को लक्ष्य जो निक्कै कठिन र चुनौति पूर्ण भएको बताउनुहुन्छ । जब उनीहरु सफल हुन्छन् र आत्मनिर्भर भई आय आर्जन गर्छन् त्यति बेला आफू मा खुसी र सन्तुष्टि अवर्णनिय हुन्छ उहाँ  भन्नुहुन्छ । उहाँ विगत केहि वर्ष देखि सीप  सगँसँगै निरक्षर लाई साक्षर पार्ने कार्य मा पनि लागि पर्नु भएको छ।
संखुवासभा को चैनपुर ०४ हिटी टोल मा जन्म भएर धरान का विभिन्न ठाउँहरु मा बसोबास गर्दै आउनु भएकी साहित्यकार हाल इटहरी उप–-महानगरपालिका वडा नं. १६ मा स्थायी बसोबास गर्दै आउनु भएको छ ।
एक द्शक भन्दा लामो समय पश्चात् पुनः साहित्य क्षेत्र मा लाग्नु भएकी साहित्यकार ताम्राकार भन्नुहुन्छ -हाम्रो देश को साहित्यिक फाँट लाई पनि राजनिती करण, गुटबन्दी, नातावाद. कृपावाद,चाकडी, चापलुसी र खुट्टा तान्ने रोग ले छोएको रहेछ । यो मेरो भ्रम  मात्र पनि हुन सक्छ । कामना गर्दछु भ्रम नै रहोस् । यदि एस मा यथार्थ छ भने यो समस्या बाट हामी सबै साहित्य अनुरागीहरु टाढिनु पर्छ । पँहुच र पैसा नभएका प्रतिभाहरु ले पनि मौलाउने अवसर पाउनु पर्छ । स्वच्छ र स्वस्थ्य रुप मा साहित्यीक गतिविधीहरु हुनु पर्छ । यस्तो भएमा हाम्रो नेपाली  साहित्य भण्डार  मौलाउँदै विश्वभरि मगमगाउने छ भन्ने विश्वास आफू लाई लागेको बताउनु हुन्छ ।
समाज सेवा र साहित्य क्षेत्र मा आफू लाई खम्बा को रुप मा दर्ह्याउन सफल हुनुभएकी साहित्यकार ताम्राकार का कथा विधा बाहेक का अरु विधा का पाण्डुलिपी पनि कृति बनेर पाठक सामु आउन सकुन । नव साहित्य परिवार को तर्फ बाट उहाँलाई अनेकौं शुभकामना !!!

प्रधान सम्पादक: महेन्द्र ओझा
सह-सम्पादक: निर बहादुर भण्डारी 
सङ्कलन: बलराम पौडेल / सम्पादक: कास्की,संस्करण

व्यक्तित्व: डा.झमक घिमिरे ।

व्यक्तित्व: डा.घनश्याम

व्यक्तित्व: खेमराज पोखरेल

व्यक्तित्व: श्रीराम राई

व्यक्तित्व: शारदा पौडेल (सापकोटा)

व्यक्तित्व: राजु क्षत्री (अपुरो)

व्यक्तित्व: डिडि अधिकारी

व्यक्तित्व: बिजय अधिकारी (बिरानु)

व्यक्तित्व: गोमा सिटौला

व्यक्तित्व: कुमार काफ्ले

व्यक्तित्व: नीर बहादुर भण्डारी

व्यक्तित्व: नारायण तिवारी

व्यक्तित्व: धर्म सापकोटा (राजु)

व्यक्तित्व: दुर्गाप्रसाद ग्वालटारे

व्यक्तित्व: राजा पुनियानी

व्यक्तित्व: धन्वन्तरि मिश्र (कात्यायन)

व्यक्तित्व: मीरा प्रसाईं

व्यक्तित्व : मित्र पाठक

व्यक्तित्व: युवा गीतकार दिपेन्द्र खडका ।

व्यक्तित्व: भवानी तिमल्सिना न्यौपाने ।

व्यक्तित्व: नेपाली साहित्य लेखनमा जयदेश श्रेष्ठ ।

व्यक्तित्व: नेपाली साहित्यका सम्भावित अनुहार विवस चौलागाईं ।

व्यक्तित्व: निमेष निखिल ।

व्यक्तित्व: कवि तथा भाषाबिद मुकुन्द शरण उपाध्याय ।

व्यक्तित्व: सरण राई

व्यक्तित्व: लोकमणि पौडेल

व्यक्तित्व: सुदामा कृष्ण ।

व्यक्तित्व: भरत आचार्य ।

व्यक्तित्व: लेखनाथ खनाल

बाल गजलकार: सुदर्शन पौडेल

व्यक्तित्व: रत्न कोजु ।

व्यक्तित्व: राजन सिलवाल

व्यक्तित्व: दिलिप राई (सगर)

व्यक्तित्व: यमुना प्रधानाङ्ग (मुना)

व्यक्तित्व: आस्तिक ढकाल

व्यक्तित्व: ईशा शाह

व्यक्तित्व : डा.राजेन्द्र कुमार आचार्य

व्यक्तित्व: अमर त्यागी

व्यक्तित्व: कृष्णशरण उपाध्याय

व्यक्तित्व: रीता ताम्राकार

व्यक्तित्व: मन्दिरा मधुश्री

व्यक्तित्व: उद्धव प्रसाद प्याकुरेल

व्यक्तित्व: माया ठकुरी

व्यक्तित्व: टंक बहादुर आलेमगर

व्यक्तित्व: देवेन्द्र के.सी. (देबु)

व्यक्तित्व: कोविदशरण उपाध्याय

व्यक्तित्व: इन्द्रकुमार श्रेष्ठ सरित्

व्यक्तित्व: विवश पोखरेल

व्यक्तित्व : बिनोद कुमार श्रेष्ठ

व्यक्तित्व : कृष्ण प्रसाईं

व्यक्तित्व : मन्जु श्रेष्ठ

व्यक्तित्व : पुष्प आर. जे

व्यक्तित्व : पद्मराज ढकाल

व्यक्तित्व : बाबुराम न्यौपाने

व्यक्तित्व : उषा शेरचन ( भट्टचन)

जीवनी र व्यक्तित्व : भक्तराज रंजित

जीवनी र व्यक्तित्व : गौतम रानाभाट

जीवनी र व्यक्तित्व : शेषराज भट्टराई

जीवनी र व्यक्तित्व : भागीरथा प्रसाई

जीवनी र व्यक्तित्व : वासुदेव त्रिपाठी

  Contacts
नव साहित्य डट ओआरजी
Main Road,Hetauda , Makwanpur
+977-9851177389
nabasahitya@gmail.com
http://nabasahitya.org
Powered by:  
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
Top