+977-057-521035, 9855070877    info@nabashahitya.org
कृति समिक्षा तथा समालोचना
  • तुषारापातबारे बलराम पौडेलको समिक्षा


  • अन्धसत्ता सूत्रकथाको सुन्दर कृति


  • कृति समिक्षा तथा समालोचना : । आत्मालाप । जीवन एक संघर्ष अनेक मोड


  • कृति समिक्षा तथा समालोचना : । ऋतु फेरिदै जान्छ । सरितको छैठौं कथासंग्रह


  • कथा सङ्ग्रह लिएर नेपाली सहित्य बजारमा मनोज ।


स्रष्टा परिचय
जीवनी र व्यक्तित्व


व्यक्तित्व: मन्दिरा मधुश्री



साहित्यकार मन्दिरा मधुश्री को जन्म भोजपुर जिल्ला को आम्तेक गाविस वाड नं १ मुलाबारी निवासी पिता गणेश प्रसाद कोइराला तथा माता डम्बर कुमारी कोइराला को कोख बाट पाँचौ सन्तान को रूप मा बैशाख २८ गते भएको थियो । 


साहित्य प्रति को धारणा
साहित्य समाज को दर्पण  हो ।साहित्य ले समाज को यथार्थ प्रतिबिम्ब लाई दुरुस्त देखाउँदै आन्चलिकता लाई आधारभूमि बनाएर लेखिएको कतिपय साहित्य ले त त्यस ठाँउ को भाषा ,संस्कृती ,परम्परा, परिवेश को सम्पुर्ण जानकारी दिन सक्छ । जस्ले गर्दा अन्य ठाँउ को पाठक वा ब्यक्ति ले पनि सरल र सहज रूप मा  जानकारी पाउन सक्छन । 
साहित्य ले  समाज मा चलिआएका मान्यता र परम्परा लाई पनि यथार्थ रूप मा चित्रण गरेको हुन्छ । हाम्रो नेपाली समाज थुप्रै परम्परा  , प्रचलन, धर्म, संस्कृती का आड मा चलिरहेको  छ । तर ती कतिपय परम्परा र  प्रचलन समय सापेक्ष छैनन अहिले । जति बेला देखि प्रचलन मा आए ,  तत्कालिन समय सापेक्ष भएता पनि अहिले  अलिक अपाच्य छन । साहित्य ले यस्ता अन्धविश्वास र कु-परम्परा लाई पुरै परिवर्तन नगरे तापनि   परिमार्जन गर्न सक्छ ।साहित्य मा समाज को  यथार्थ चित्रण  गर्न सकियो भने पाठक ले  आफू  लाई र समाज लाई  पनि बिस्तारै परिवर्तन गर्न सक्दछ । साहित्य ले सुत्रात्मक रूप मा प्रत्यक्ष प्रभाव पार्न त सक्दैन तर गाइड को रूप मा काम गर्न सक्छ ।गाइड को निर्देशन लाई पच्छ्याउन सक्नु पर्छ ।"   -साहित्यकार मन्दिरा मधुश्री
 
जन्म
साहित्यकार मन्दिरा मधुश्री को जन्म भोजपुर जिल्ला को आम्तेक गाविस वाड नं १ मुलाबारी निवासी पिता गणेश प्रसाद कोइराला तथा माता डम्बर कुमारी कोइराला को कोख बाट पाँचौ सन्तान को रूप मा बैशाख २८ गते भएको थियो । 

साहित्य लेखन को यात्रा 
पाठ्यपुस्तक मात्र नभएर अरु पुस्तक को पनि ज्ञान  लिनु पर्छ भन्ने पारिवारिक वातावरण मा हुर्किनु भएकी साहित्यकार मधुश्री आफू  ले पढन जान्ने हुँदै देखि  बुवा र दाजुहरु ले घर मा  ल्याउनु भएका गरिमा  लगाएत अन्य पत्रपत्रिका र किताब को प्रभाव नै साहित्य को बिज मान्नु हुन्छ ।
सानो  बेला मा नै गरिमा मा नियमित रूप मा  भवानी भिक्षु को सुन्तली   उपन्यास र अरु का पनि  कथाहरु प्रकाशित हुन्थे ।  ती उपन्यास र कथाहरु पढदै गर्दा  आफू मा पनि सुक्ष्म रूप मा साहित्य को प्रभाव पर्दै गयो भने अर्को तर्फ आफू  ले भोग्नु परेको  अलिक भिन्दै खाल को जिन्दगी र त्यस बाट पर्ने मानशिक द्वन्द ले पनि आफू  लाई साहित्य लेख्न मा  उत्प्रेरित गर्यो भन्दा अत्युक्ति नहुने बताउनु हुन्छ।उहाँ ले "आउ बडा दशै आउ तिमि लाई  स्वागत छ" भन्ने शीर्षक को कविता लेखेर आफ्नो साहित्य को श्री गणेश गर्नु भएको थियो । आफू ले फाट्टफुट्ट रुप मा साहित्य लेख्दै गरे पनि साहित्य लेखन मा निरन्तरता भने आफ्नो पढाइ को समाप्ती पश्चात् ०५६/०५७ देखि  कथा विधा  बाट लागेको बताउनु हुन्छ ।

रुचि 
१.समाज सेवा गर्ने  ।
२.पाठ्यपुस्तक बाहेक का अन्य पत्रपत्रिका र कथा,उपन्यास का पुस्तक पढने।
३.प्रख्यात तथा मदन पुरस्कार पाएका पुस्तकहरु किनेर सङ्कलन गर्ने।
४.साहित्य सिर्जना गर्ने।

प्रकाशित कृति
साहित्य का विभिन्न विधा मा कलम चलाउने साहित्यकार मधुश्री को पहिलो रचना  साधना पत्रीका मा जसको आज चर्चा छैन भन्ने स्तम्भ मा "राजा को दरवार मा जान पाइँन " भन्ने शीर्षक को लेख ४५/४६ साल तिर प्रकाशित भएको थियो। साहित्य मा निरन्तरता  लागे पछि दोभान  द्वइमासिक पत्रिका मा दुई वटा निबन्ध प्रकाशित भएको थियो भने ०५८  साल साउन अङ्क को मधुपर्क मा उहाँ को पहिलो कथा " शहर को कथा" प्रकाशन भएको थियो ।
विभिन्न पत्रपत्रिका मा प्रकाशित रचना बाहेक पाठक सामु एउटा कृति "बुधन को घोडी"(कथा संग्रह ) आइसकेको छ। यो संग्रह मा फरक बिषय र फरक स्वाद का १५ वटा कथाहरु रहेका छन । यो कृति "डम्बर कुमारी गणेश शाहित्यिक प्रतिस्ठान"बाट २०७३/२/२९ प्रकाशित भएको हो।

प्रकाशोन्मुख कृतिहरु
-तीन वटा कथा संग्रहहरु "नाम तय नगरिएको ,
-एउटा लोक कथा संग्रह "झागड जाति को "  -एउटा गजल संग्रह (नाम तय नगरिएको )
- एउटा गीत  संग्रह प्रकाशन को तयारी मा छन ।

सामाजिक योगदान
सामाजिक कार्य र साहित्य को श्री वृद्धि पनि गर्ने उद्देश्य ले उहाँ आफैँ ले बुवा आमा को नाम बाट "डम्बर कुमारी गणेश साहित्य प्रतिष्ठान" खोल्नु भएको छ भने "डम्बर कुमारी गणेश आख्यान पुरस्कार " को स्थापना पनि गर्नु भएको छ। जुन पुरस्कार आख्यान को क्षेत्र मा योगदान पुर्याउने स्रष्टा लाई प्रदान गरिने छ । 

आबद्ध संघ संस्थाहरु 
१.डम्बर कुमारी गणेश सहित्यिक प्रतिस्ठान -(अध्यक्ष )
२.भाषा साहित्य संघ काठमाडौं (सदस्य )
३.ललितपुर लेखक संघ  (कोषाध्यक्ष )
४.बनिता त्रैमासिक (आजिवन सदस्य )
५.साहित्य संचार समूह इटहरी (सस्थापक सदस्य ) आदि ।

प्राप्त सम्मानहरु 
१.नव रङ्ग साहित्य प्रतिस्ठान गौरादह झापा बाट नव रङ्ग नारी सम्मान ।
२.कन्काइ प्रतिभा प्रतिस्ठान बाट उत्कृष्ट कथा पुरस्कार  आदि ।

पेसा
बिगत मा एन जि ओ मा काम गर्नु भएकी साहित्यकार मधुश्री ले सामुदायिक सेवा केन्द्र इटहरी मा खास गरी एच ,आइ,भि,को क्षेत्र मा  सहजकर्ता र प्रशिक्षक भएर काम गर्नु भएको थियो। हाल उहाँ शुद्ध रूप मा गृहिणी हुनुहुन्छ।अहिले उहाँ आफ्नो घर को काम बाट बचेको सबै समय साहित्य लेखन मै समर्पित गर्दै आएको  बताउनु हुन्छ।अहिले उहाँ एक जना पत्रकार को "आत्मकथा" सम्पादन गर्दै हुनुहुन्छ।

भोजपुर मा जन्मिनु भएकी साहित्यकार मधुश्री बसाइँ सराइ  गरि सुनसरी मा बस्नु भएको थियो।सुनसरी बाट  विवाह  भएर बिराटनगर हुँदै  हाल ललितपुर को धोबिघाट मा अस्थायी बसोबास गर्दै आउनु भएको छ।


साहित्य क्षेत्र बारे दुई शब्द 
"हाम्रा अग्रज साहित्यकारहरु बिना प्रतिस्पर्धा नै एउटा भिन्दै स्थान सुरक्षित राख्न सफल हुनु भएको  र समय ले उहाँहरु लाई  हिरो बनाएको बताउने साहित्यकार मधुश्री अहिले का साहित्यकार सामु भने थुप्रै प्रतिस्पर्धा रहेको बताउनु हुन्छ।" उहाँ भन्नुहुन्छ- प्रतिस्पर्धा मा खरो उत्रिन उत्कृष्ट र अब्बल लेख्न सक्नुपर्छ । राम्रो लेख्ने साहियकार लाई पनि अहिले प्रचार प्रसार र गुट मा नलागे बिक्न गाह्रो  छ । जसको ग्रुप छ उसको  उत्कृष्ट लेखन र कृति नभए पनि  हल्लि  खल्लि  हुन्छ, प्रचार प्रसार हुन्छ र रातारात चर्चित बन्छ । राम्रो र उत्कृष्ट लेखन भए पनि एक्लै र कुनै दल, गुट बन्दी नभए को साहित्यकार  स्वत: पछि पर्दछन ।  कतै बाट पनि मुल्यांकन नै हुँदैन । साहित्यकार  इमानदार र स्वतन्त्र हुनुपर्छ भन्ने मेरो सिद्धान्त हो । साहित्य सृजना गर्नु स्वयं  मा नै बिद्रोह हो । साहित्य आँफै मा प्रगतिशील हुन्छ । त्यस ले साहित्यकार ले म प्रगतिशिल र  प्रजातान्त्रिक भनेर भनिरहनु नै  पर्दैन । 
साहित्य मा राजनीति को गन्ध वा हस्तक्षेप  हुनु हुँदैन तर बिडम्बना के छ भने राजनैतिक संलग्नता नभए को ब्यक्ति को जतिसुकै अब्बल रचना र कृति भए पनि न त मुल्यांकन नै हुन्छ न मान  सम्मान वा पुरस्कार मा नै पहुँच  पुग्नसक्छ । 
राज्य ले पनि अरु विभिन्न क्षेत्र मा करोडौं खर्च गर्छ । साहित्य को क्षेत्र मा पनि केही बजेट  छुट्याइ दियोस । राज्य स्तर को एउटा संस्था होस जसले ओझेल मा परेका र आर्थिक रूप मा कमजोर तर उत्कृष्ट लेखन भएका ब्यक्ति को पुस्तक छापि दियोस र अझै उत्कृष्ट लेख्ने प्रेरणा मिलोस सर्जक लाई । साहित्यकार पनि रास्ट्र को गहना मात्रै नभएर सम्पत्ति पनि हो भनेर  राज्य ले सम्झनु पर्यो।

साहित्य का विभिन्न विधा मा कलम चलाउदै आउनु भएकी साहित्यकार  मधुश्री का प्रकाशोन्मुख कृतिहरु  शीघ्र प्रकाशित हुन।उहाँ का पाण्डुलिपी मा रहेका सिर्जना ले कृति को रुप मा प्रकाशित भै साहित्य इतिहास मा थप इटा बन्न सकुन।सबै कृति ले लोकप्रियता पाउन सकुन।नव साहित्य परिवार को तर्फ बाट उहाँ लाई अनेकौं शुभकामना व्यक्त गर्दछौं ।


प्रधान सम्पादक: महेन्द्र ओझा
सह-सम्पादक: निर बहादुर भण्डारी 
सङ्कलन: बलराम पौडेल / सम्पादक: कास्की,संस्करण

व्यक्तित्व: डा.झमक घिमिरे ।

व्यक्तित्व: डा.घनश्याम

व्यक्तित्व: खेमराज पोखरेल

व्यक्तित्व: श्रीराम राई

व्यक्तित्व: शारदा पौडेल (सापकोटा)

व्यक्तित्व: राजु क्षत्री (अपुरो)

व्यक्तित्व: डिडि अधिकारी

व्यक्तित्व: बिजय अधिकारी (बिरानु)

व्यक्तित्व: गोमा सिटौला

व्यक्तित्व: कुमार काफ्ले

व्यक्तित्व: नीर बहादुर भण्डारी

व्यक्तित्व: नारायण तिवारी

व्यक्तित्व: धर्म सापकोटा (राजु)

व्यक्तित्व: दुर्गाप्रसाद ग्वालटारे

व्यक्तित्व: राजा पुनियानी

व्यक्तित्व: धन्वन्तरि मिश्र (कात्यायन)

व्यक्तित्व: मीरा प्रसाईं

व्यक्तित्व : मित्र पाठक

व्यक्तित्व: युवा गीतकार दिपेन्द्र खडका ।

व्यक्तित्व: भवानी तिमल्सिना न्यौपाने ।

व्यक्तित्व: नेपाली साहित्य लेखनमा जयदेश श्रेष्ठ ।

व्यक्तित्व: नेपाली साहित्यका सम्भावित अनुहार विवस चौलागाईं ।

व्यक्तित्व: निमेष निखिल ।

व्यक्तित्व: कवि तथा भाषाबिद मुकुन्द शरण उपाध्याय ।

व्यक्तित्व: सरण राई

व्यक्तित्व: लोकमणि पौडेल

व्यक्तित्व: सुदामा कृष्ण ।

व्यक्तित्व: भरत आचार्य ।

व्यक्तित्व: लेखनाथ खनाल

बाल गजलकार: सुदर्शन पौडेल

व्यक्तित्व: रत्न कोजु ।

व्यक्तित्व: राजन सिलवाल

व्यक्तित्व: दिलिप राई (सगर)

व्यक्तित्व: यमुना प्रधानाङ्ग (मुना)

व्यक्तित्व: आस्तिक ढकाल

व्यक्तित्व: ईशा शाह

व्यक्तित्व : डा.राजेन्द्र कुमार आचार्य

व्यक्तित्व: अमर त्यागी

व्यक्तित्व: कृष्णशरण उपाध्याय

व्यक्तित्व: रीता ताम्राकार

व्यक्तित्व: मन्दिरा मधुश्री

व्यक्तित्व: उद्धव प्रसाद प्याकुरेल

व्यक्तित्व: माया ठकुरी

व्यक्तित्व: टंक बहादुर आलेमगर

व्यक्तित्व: देवेन्द्र के.सी. (देबु)

व्यक्तित्व: कोविदशरण उपाध्याय

व्यक्तित्व: इन्द्रकुमार श्रेष्ठ सरित्

व्यक्तित्व: विवश पोखरेल

व्यक्तित्व : बिनोद कुमार श्रेष्ठ

व्यक्तित्व : कृष्ण प्रसाईं

व्यक्तित्व : मन्जु श्रेष्ठ

व्यक्तित्व : पुष्प आर. जे

व्यक्तित्व : पद्मराज ढकाल

व्यक्तित्व : बाबुराम न्यौपाने

व्यक्तित्व : उषा शेरचन ( भट्टचन)

जीवनी र व्यक्तित्व : भक्तराज रंजित

जीवनी र व्यक्तित्व : गौतम रानाभाट

जीवनी र व्यक्तित्व : शेषराज भट्टराई

जीवनी र व्यक्तित्व : भागीरथा प्रसाई

जीवनी र व्यक्तित्व : वासुदेव त्रिपाठी

  Contacts
नव साहित्य डट ओआरजी
Main Road,Hetauda , Makwanpur
+977-9851177389
nabasahitya@gmail.com
http://nabasahitya.org
Powered by:  
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
Top