" /> " />


कृति समिक्षा तथा समालोचना - कथा



तुषारापातबारे बलराम पौडेलको समिक्षा

२०६१ भाद्र मा प्रकाशित भएको रीता ताम्राकार को पहिलो कृति "तुषारापात" मा रमेश श्रेष्ठ को आवरण चित्र रहेको छ भने पुस्तक को प्रकाशक वाणी प्रकाशक विराटनगर ले गरेको छ । आवरण कभर सहित १४८ पेज रहेको यो कृति मा जम्मा १८ कथाहरु सङ्ग्रह गरिएको छ । 
मुल्य रु ७५ निर्धारण गरिएको यो पुस्तक को संस्थागत मुल्य भने रु १२५ कायम गरिएको छ । यो कृति लाई कथाकार ले आफ्ना स्वार्गिय बुवा सानुकाजी ताम्राकार र आत्मीय भाइ स्वर्गीय रितेश ताम्राकार प्रती समर्पण गर्नुभएको छ।
वरिष्ठ साहित्यकार परशु प्रधान को समिक्षात्मक प्रकाशकीय , वरिष्ठ कथाकार माया ठकुरी को शुभकामना सहित आशीर्वाद , वरिष्ठ साहित्यकार प्राज्ञ विवश पोखरेल को पुस्तक बारे लेखिएको लेख र कथाकार स्वयं का मनका कुराहरु समेटिएको छ।
कथा सङ्ग्रह तुषारापात मा रहेका प्रत्येक कथा लाई पढ्दा हामीले हाम्रै गाउँघर टोल छिमेक मा घटेका घटनाहरु लाई प्रत्यक्ष देखेको अनुभूति गर्न सकिन्छ । यो कृति भित्र पसेर हेर्दा मैले कथा लाई यसरी बुझें।
अबोध आँखाहरु का बीच-
उमेर पुगेकी चेलिलाई उसको इच्छा बिपरित बुवा आमा को निजि स्वार्थ को लागी विवाह गरिदिँदा सकुन्तला पात्र ले झैँ आफ्नो घरवार बिगारेर क्षणिक सुख शान्ती को प्रलोभन मा परि आफ्नो जीवन लाई नै बर्बाद पुर्याउन सक्दछ्न।तसर्थ आफ्ना सन्तान को विवाह गरिदिँदा उनिहरु को इच्छा बिपरित गरिदिनु हुँदैन । जसले गर्दा सकुन्तला जस्ता अरु पात्रहरु समाज मा नदेखियुन भन्ने सन्देश दिएको छ यो कथा ले।
बेहोसी का स्वरहरु-
गरिबी भँए भन्दै मा आफ्नो हात को सिप सदुपयोग नगर्ने,सबै सङ्ग झुटो व्यबहार गरि छिमेकिहरु लाई बेइमानी गर्ने,घर परिवार को बेवास्ता गर्दै दु:ख बिमार हुँदा समेत वास्ता नगर्ने ,औषधि उपचार को लागी जुटाएको खर्च समेत जाँड रक्सी मा खर्चिने पुर्णे जस्ता समाज का धमिराहरु लाई व्यंग्य गरेको छ कथा ले।
रित्तिएको मन-
प्रेम को भावना मा डुबेर आफ्नो भविष्य प्रति नसोचिकन आफ्ना कमिकमजोरी लाई एक अर्का मा नभनिकन प्रेम मा डुब्दा पछाडि धोका पाएको कुरा कथा मा दर्शिएको छ।कथा ले नव युवा युवती लाई आफ्नो प्रेम लाई सफल बनाउन को लाई आफूहरु प्रेम जाल मा फस्नु पुर्व नै एक अर्काको भावना राम्रो सङ्ग बुझेर मात्र प्रेम गर्नु पर्दछ भन्ने सन्देश प्रबाह गरेको छ।
एउटा नौलो मातृत्वबोध-
एउटि नारी अविवाहित नै किन नहोस उसमा मातृत्व को सर्वगुण सम्पन्न हुन्छ।यो कथा मा एउटि अविवाहित नारी एउटा टुहुरो केटो जसका बुवा आमा एउटा दुर्घटना मा स्वर्गीय बनेका हुन्छन् उसलाई आफू मा भएको मातृत्व को ममता दिन खोजिएको देखाइएको छ यो कथा मा ।
एउटा परिवर्तन यस्तो पनि-
एउटि विवाहित नारी ले उसको श्रीमान् को देहान्त पछि उसलाई घरपरिवार र समाज ले हेर्ने दृष्टिकोण को यथार्थ लाई चित्रण गरिएको छ भने अर्को तर्फ बिधवा नारी ले आफ्नो आर्थिक अबस्था मा सुधार गर्न थालेपछी तिनै परिवार र समाज ले देखाउने सहानुभुती लाई प्रस्तुत गरेको छ। कथा ले "छन गेडि सबै मेरि छैनन गेडि सबै टेडि" भन्ने उखान लाई सार्थक बनाउन सफल बनेको छ।
लिलाम रहरहरु -
नारी मान्छे जसोतसो आफ्नै घर को चाहना गर्दछ्न र आफ्नै घर र परिवार प्रती सजक रहन्छन भने पुरुष घर परिवार प्रती बेवास्ता गर्दै जुव तास मा आफ्नो जायजेथा समेत बर्बाद गर्दछन।कथा ले घर परिवार प्रती आफ्नो कर्तब्य लाई पुरा गर्न नसक्ने र जायजेथा बेचेर आफ्नो स्वार्थ पुरा गर्ने कर्तब्यहिन पुरुष प्रती व्यंग्य गरेको छ।
महसुस-
अविवाहित चेली को कमाई (सम्पती )लाई उसको माइती ले चेली को भन्दा बढी माया गरेको हुन्छ ।कमाई वाला चेली लाई उसको कमाई ले गर्दा परिवार ले चेलीको ईच्छा आकांक्षा लाई दबाएर सम्पती को लागी देखावटी माया देखाएर राखेको हुन्छ भन्ने सन्देश दिएको छ महसुस कथा ले।
तुषारापात -
श्रीमती लाई थाहा नदिइकन आफ्नो पुर्खेउली सम्पती लाई बैंक मा धितो राखि जुवा मा हारेको विजय धन कमाएर ल्याउने सुख सयल मा राख्ने मिठो सपना देखाएर बिदेशिएको र बिदेशमा गएपछी श्रीमती लाई बेवास्था गरि आफ्नो खबर समेत नदिएको विजय पात्र आफ्नो घर लिलाम मा पर्दा समेत वास्ता गर्दैन । श्रीमती को चलाखी ले घर जग्गा लिलाम हुनुपुर्व नै घर जग्गा बेचेर बैंक को ऋण चुक्ता गरि बाँकी पैसा ले हस्तकला का काम गरेर आफु सक्षम बन्छे र छोराछोरी लाई पनि राम्रो शिक्षा दिएकी हुन्छे।अन्तत लामो समय पछि घर फर्केको विजय लाई "जस्ता लाई तस्तै ढिँडो लाई निस्तै" भने झै कुनै वास्ता नगरी तपाईं आफ्नो बाटो लाउन सक्नुहुन्छ भन्छे।पुस्तक को नामकरण गरिएको यो कथा को शिर्षक ले समस्या सङ्ग हटेर होइन डटेर सामाना गरे जस्तो सुकै परिस्थिति लाई पनि सामाधान गर्न सकिन्छ भन्ने सन्देश दिएको छ।
अभित्यक ममता-
जोबनी मै विधवी बनेकी इन्दिरा आफ्नो दयनीय अबस्था मा दुई छोराहरु सहित सामाजिक संस्था को शरण मा परेकी हुन्छे। उचित गास बास को ठेगान नभएकि इन्दिरा सामाजिक संस्था मा गए पछी उचित गास बास को प्रबन्ध मिलेपछी उसको हराएको रुप रङ्ग र बैंस ले फेरि निखार पाउन थाल्दछ।अन्तत आफ्नो मौलाएको बैंस को प्यास मेटाउन छिमेकी युवक को सहयोग लिन पुग्दछे।आफ्नो स्वार्थ लाई पुरा गर्न उ आफ्नो कर्तब्य र मातृत्व को हत्या गर्दै नाबालक छोराहरु लाई छाडेर अर्कै सँग हिडेपछी ति नाबालक केटाहरु पुनः सामाजिक संस्था कै शरण लिन पुगेका हुन्छ्न।सामाजिक संस्था ले अभिभावक को भुमिका निर्वाह गरि उनिहरु को जीवन सहज बन्दा पनि ति नाबालक को आँखा मा आक्रोश को लहरहरु लहराई रहन्छ्न भने तिनिहरु को मस्तिष्क मा आमा को महानता को बर्णन सदैव मिथ्या बनिरहेको हुन्छ।
दृश्य -अदृश्य -
घर मा नोकर नोकर्नी राखेका समाज का धनाढ्य व्यक्ति जसका श्रीमान् श्रीमती दुबै समाज सेवा मा लागि परेका हुन्छ्न । उनिहरु समाज मा गरिबिनिवारण, महिला हक हित , यौन शोषण , बाल अधिकार जस्ता विषय मा जनचेतना फैलाउने गर्दछन भने तिनै समाज सेवि को घर मा बसेका नोकर नोकर्नी तिनै अधिकार बाट बन्चित भइ नोकर मालिक्नी बाट र नोकर्नी मालिक को यौन शोषण बाट पिडित बनेका छन । यो कथा ले समाज मा समाजसेवी को मुकुण्डो लगाएर आफ्नो स्वार्थ पुर्ती गर्ने देखावटी समाज सेवि को वास्तविक व्यबहार को प्रदाफास गर्न सफल बनेको छ ।
अपहेलित आस्था -
एउटि बुहारी ले आफ्नी आमा र सासुआमा प्रती देखाउने भिन्न व्यबहार को प्रदाफास , एउटि आमा ले आफ्ना सन्तान को उज्ज्वल भबिस्य को निम्ति आफ्ना इच्छा , चाहना , खुसी , र सतित्व समेत बलिदान दिन पछि पर्दैन र तिनै सन्तान ले आमा लाई बृद्धअबश्था मा लालन पालन गर्न को डाड ले बृध्दाआश्राम मा लगेर राख्ने गरेको अहिले को यथार्थ लाई उजागर गरेको छ अपहेलित आस्था कथा ले ।
सपनाहीन -
आफ्नो श्रीमान् बाट धोका पाएकी नारी लाई आफ्नो माइती ले अर्को नारी बाट धोका पाएको पुरुष सँग विवाह गराईदिन्छन। जेठी श्रीमती ले छाडेर उजाडिएको जिन्दगी र बिरक्तिएकी मन लाई कान्छी बनेर आएकी श्रीमती ले पुन हरियाली बनाएकी हुन्छे। कान्छी ल्याएको लामो समय को अन्तराल पछि लोग्ने लाई आर्थिक समस्या परेको अप्ठ्यारो परिस्थिति मा आर्थिक सहित पुन घर मा आएर आफ्नो अधिकार जमाउँदै लोग्ने लाई आफ्नो बश मा पारी कान्छी लाई सौता को व्यबहार गर्दछे भने सौता लाई दिदी मानेर अन्याय लाई सहँदै आएकि कान्छी पनि अब अन्याय को बिरुद्ध अदालत समक्ष मुद्दा दायर गर्न बाध्य बनेकी छ सपना हिन कथा मा ।
छटपटाहट अन्तरमनको -
विवाह अगाडि नै आफ्नो श्रीमान् ले बाहिर स्वास्नी राखेको कुरा सुनेकी निलम ले विवाह को लामो अन्तराल पश्चात् आफ्नै अफिस मा काम गर्ने तल्लो स्तर को कर्मचारी को श्रीमती सँग लागेको कुरा कसैले फोन मार्फत सुनाए पछि उसको अन्तर आत्म मा भएको छटपटी लाई उजागर गरिएको यस कथा मा पुरुष ले पर स्त्री मा आँखा लगाउने बानी र नारी मन मा उत्पन्न हुने शंका , ईर्ष्या , जलन लाई जस्ता को तस्तै प्रस्तुत गरिएको छ छटपटहट अन्तरमन को कथा मा ।
अपराधबोध -
जागिर को शिलशिला मा आफ्नो परिवार भन्दा टाढा रहने पुरुष ले आफ्नो यौन प्यास मेटाउन को लागि समाज को आँखा मा छारो हाल्न गाँसिने पवित्र साइनो चेलिमाइती को सम्बन्ध बनाउने र आफ्नो स्वार्थ पूरा भएपछी नारी लाई समस्या मा छाडेर आफू समस्या बाट भाग्ने पुरुष प्रती झटारो हानेको अपराधबोध कथा ले जवानी को बेला मा होस नपुर्याउँदा एकछिन गरेको सानो गल्ति ले जिन्दगी भर पछुताउनु पर्छ भनी युवा युवती लाई सचेत गराउन खोजेको छ।
संकल्प -
बिगत मा आफ्नी प्रेमी को बारेमा अर्काले लगाएको लान्छना लाई बिश्वास गरेर प्रेमिका लाई धोका दिएको काजी बर्तमान मा प्रेमिका माथी आफूले लगाएको लान्छना प्रती पश्चाताप मान्दै अर्का को श्रीमती बनिसकेकी प्रेमिका लाई पुनः स्वीकार गर्न राजी हुन्छ र प्रेमिका पनि प्रेमिको बर्तमान स्थिति प्रति भावबिभोर भइ आफ्नो दिल भित्र बिगत को प्रेम लाई उजागर गर्दै साथ दिने भुल गरेको बेलामा आफ्नो श्रीमान् ले शंका गरी सभ्य भाषा बाट उसलाई सम्झाउँदा आफूले गरेको गलत कार्य लाई अब नदोहोर्‍याउने संकल्प गरेको यस कथा ले क्षणिक सोचाइ ले गरेको गलत निर्णय ले जिन्दगी भर पछुताउनु पर्छ भन्ने शिक्षा प्रदान गरेको छ।
बन्द कोठाभित्र -
अर्काको सम्पती को आशा मा आफ्नो सहोदर भाइ लाई एउटि उच्छृङ्खल र मानसिक बिकृती समेत भएकी केटि सँग विवाह गरिदिएको यस कथा मा विवाह पश्चात् केटिले देखाएको व्यबहार र आफ्नो दिदी ले भनेको वचन सम्झिएर युवक सदैव चिन्तित बनिरहेको हुन्छ भने यस कथा ले धन सम्पती को प्रलोभन मा परेर विवाह गर्नुभन्दा आफू लाई सुहाउँदो योग्य जीवन साथि रोज्नुपर्छ भन्ने सन्देश दिएको छ।
लठेब्रो-
आफू शिक्षित , मुख बोल्न सक्ने र सुन्दरी भएर पनी गरीबी को पीडा ले गर्दा मुख नबोल्ने ,कान नसुन्ने र श्रीमती लाई मानवीय व्यबहार समेत गर्न नजान्ने लठेब्रो केटा सँग विवाह गरेकी युवती को व्यथा लाई प्रस्तुत गरिएको यस कथा मा आफ्ना छोरा लठेब्रो नै भएपनी आमा बुबा ले छोरा प्रती गर्ने माया ममता , सम्पन्नसाली ब्यक्ति ले गर्ने धन को घमण्ड र एउटि नारी ले अर्को नारी माथी गर्ने अन्याय व्यबहार को प्रदाफास र एउटि नारी भौतिक सुख भन्दा पनि आफू सुहाउँदो श्रीमान् र घर परिवार ले गरेको धन को घमण्ड बाट मुक्ती पाउन श्रीमान् सँग छोडपत्र गर्न पुगेको कुरा समाबेश गरिएको छ लठेब्रो कथा मा।
अधुरो सपना -
आफ्नो चोखो प्रेम लाई अभिभावक द्वारा सफल बन्न नदिएपछी आफ्नो प्रेमी लाई धोका दिनु भन्दा आफ्नो प्राण नै त्याग गरेकी प्रेमिका को बियोग मा पागल बनेको बिदुर प्रेमिका कि साथी लाई भेटेपछी आफ्नों मन सम्हाल्न सकि आफ्नो पागलपन देखाउन छाडेको यस कथाले आफ्नो चोखो प्रेम लाई सफल बनाउन अप्ठ्यारा परिस्थिति सँग संघर्ष पनि गर्नु सक्नु पर्छ भन्ने सन्देश दिएको छ।
हाम्रै समाज मा घटेका , देखेका र भोगिएका घटना लाई टपक्क टिपेर कलात्मक शैली बाट कथा मा अभिब्यक्त गरेर लेखिएको यस कृति ले नेपालि साहित्य प्रेमी को मन जित्ने र साहित्य को भण्डार लाई अझ समृद्ध बनाउने मा कुनै शंका छैन ।

Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
329241 Times Visited.

Powered by: Exclusively Solution
Top
Content