बुढ्यौली साहित्य - कविता



बुढ्यौली कविता : हिड्ने बाटो एकै हो

बूढ़ा बूढ़ी सगै बसे पक्का हुन्न हानि
तिमी आगो बन्यौ भने बनौला म पानी
सानो संसार आफ्नै छ भन्ने तिम्ले जानी
हाँसी खुशी बोल्ने गर बनी तिमी ज्ञानी

आगो र पानी सगै हेर कहिले हुन्न 
बूढ़ाबूढी घर्मा भए ढोका बन्द हुन्न
एक अर्काको पुरक हुन नर-नारी
बूढ़ाबूढ़ी हुन हाम्रो घाम जुन सरी

धरतीमा छैन कोही पिर मार्का  बुझ्ने
बनायौ तिमीले मेरो ओठ तालु सुक्ने
मेरो सूख दु:खको साक्षी बनेर तिमी
हाम्रो घर समाल्यौ खुशी भएर तिमी

बूढ़ाबूढी हुन घरको शोभा त्यो जानी
गरौ सेवा यिनको जीवित देव मानी
बाटो हुन्छ हिड्ने त्यही मात्र अघिपछि
सेवा गरौ धर्म हुन्छ आफैलाई पछि

Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
247250 Times Visited.

Powered by: Exclusively Solution
Top
Content