बुढ्यौली साहित्य - कविता



बुढ्यौली कविता : झुक्किएको जवानी

हिजो म चिटिक्क चिटिक्कै परेर
लिपिस्टिक र पाउडर भसक्कै घसेर,
हिड्दा सडकमा नजर केही लडेथे,
रङ्गीन पुतली मनमा उडेथे ।

यूवा एक आयो मलाई हेरेर
बढ्यो ढुकढुकीयो मन फक्रीएर,
आइ नजिकै समातेर हात,
सोध्यो “ए आमा ! कोही छैन साथ ?’
 
सडक पार गर्न सघाउँ तपाईलाई ?
धेरै गल्नु भो कि बसाउँ तपाईलाई ?
भयो हिड्न गाह्रो ? खुवाउँ तपाईलाई ?
डोर्‍याइ कता म पुर्‍याउ तपाईलाई ?
 
त्यो मूर्ख त्यो काले त्यो भाते भतुवा
त्यो लाटो त्यो डाँका महाको लठुवा !
म यस्तो चिटिक्क युवाको मुमा छु ।
कलीलो मेरो मन सिमलको भुवा छु ।

Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
329256 Times Visited.

Powered by: Exclusively Solution
Top
Content