स्रष्टा परिचय - जीवनी र व्यक्तित्व



व्यक्तित्व : बाबुराम न्यौपाने

अभिव्यक्ति :
साहित्य जीवनको उल्था हो, जहाँ जगतका तत्वहरुसँग भावना र चेतनाको संयोजनहुँदा शव्दमा रुपान्तरण हुन्छ । साहित्य समाज र युगको छाल पनि हो, त्यही छालमा जीवनका भोगाइ र अनुभूतिहरु छचल्किरहेका  हुन्छन । 

व्यक्तिगत विवरण :
नाम : बाबुराम न्यौपाने "उत्स"
पिता : स्व.विष्णुप्रसाद न्यौपाने 
माता : श्रीमती अम्बिकादेवी न्यौपाने 
जन्म स्थान : भोजपुर, बोखिम (आहाले)
जन्म मिति : २०२०/११/२०

साहित्य प्रतिको प्रेरणा 
समाजमा सक्रिय र जिम्मेवार पूर्ण मध्यम वर्गीय  पारिवारिक पृष्ठभूमि भएको परिवारमा जन्मिनुभएका साहित्यकार न्यौपाने समाज, राष्ट्र र विश्व प्रति घरपरिवारमा हुँने छलफलले पनि आफूलाई सार्वजनिक विषयमा चेतना अभिबृद्दि गर्न उत्प्रेरित गरेको र युवावस्थामा चिया निगममा नोकरी गर्दा प्रकृतिको नजिक रहने अवसर र त्यहा कार्यरत श्रमिकहरुको समस्यासँग नजिकबाटै साक्षातकार हुने अवसर मिलेको बेलामा आफूले समाजका पछिल्ला वर्गको दु:ख भोगाइ र उनिहरुका मुखबाट निस्कने दुखि आवाज टिप्न थालेको सम्झनुहुन्छ। आफ्नो साहित्यिक यात्राको गोरेटो देखाईदिने पनि तिनै स्थान, त्यहाँका श्रमिकले भोगेका भोगाई, उनिहरुको मुखबाट निस्कने दु:खका शब्दहरु, विभिन्न साहित्यिक पुस्तकहरु र आफू बाँचेको  धरातल पनि आफ्नालागी साहित्यिक यात्राका प्रेरणादायी रहेको बताउनुहुन्छ । 
युवा अवस्थाका रुचिहरु :
१. राष्ट्रिय तथा  अन्तराष्ट्रिय राजनीति तथा साहित्यका ख्यातिप्राप्त लेखकहरुका जीवनी र कृतिहरु पढ्ने ।
२. समाज तथा देशमा घट्ने घटना प्रति चासो लिएर साथीहरू विच अन्तरकृया गर्ने ।
३. नयाँ नयाँ ठाउँको यात्रा गर्ने ।
४.खेलकुद र मनोरञ्जनका कार्यक्रममा अग्रसर रहनु ।
५. समाजका पछिल्लो पंतिलाई केही गर्न सकिन्छ कि भनेर चिन्तन गर्नु ।

प्रकाशित कृतिहरु :
१. भावना बोल्छ पर्दा खोल्छ / २०७३(कविता संग्रह ) प्रकाशक : श्रीमती मुना (निर्मला) न्यौपाने 
भाइ मोहनप्रसाद न्यौपाने  
२. उपहार बन्यो आँसु / २०७४ (खण्डकाव्य) प्रकाशक: श्रीमती मुना (निर्मला) न्यौपाने 
भाइ मोहनप्रसाद न्यौपाने 
३.विभिन्न पत्र पत्रिकामा फुटकर कविता, लेख प्रकाशन ।

प्रकाशोन्मुख कृति :
१. नारी सुन्दरता बरदान कि अभिशाप (खण्डकाव्य)
२. पृथ्वी मानिस र मेरी प्रेयसी (खण्डकाव्य)
३. कविता संग्रह भाग- २ (नाम जुराउन बाँकी छ)
४. उपन्यास एक सम्पादन हुँदै 

आवद्ध संस्था र पदिय जिम्मेवारी :
आफू नितान्त व्यक्तिगत र स्वतन्त्र  रुपमा साहित्य सृजनामा रम्न चाहने साहित्यकार न्यौपानेलाई  निकै संघसंस्थाबाट आबद्दताका लागि कुरा आइरहेपनि आफू यस विषयमा पछि उल्लेख गर्ने छु भन्दै तर्कदैँ आउनुभएको छ । आफू  कुनै वाद तन्त्रलाई छिचोल्दै  स्वतन्त्र भएर लेख्न चाहने उहाँ कुनै संघ संस्थामा आवद्ध रहन मन पराउनुहुँदैन।

प्राप्त सम्मानहरु 
साहित्य सृजना गरेर कुनै संघ संस्थाबाट मान सम्मान पाउनुभन्दा पनि ठूलो मान सम्मान प्रियपाठक शुभ चिन्तकबाट पाउँने स्नेह र उत्प्रेरणा लाई आफ्नो अमूल्य मानसम्मान मान्नुहुने उहाँ हालसम्म त्यस्ता मानसम्मान बाट टाढा रहनुभएको छ । उहाँ भन्नुहुन्छ आगामी दिनमा हुने त्यस्ता मानसम्मन भविष्यलाई नै उपहार दिउँ ।

पेसा : 
नेपाल चिया विकास निगममा, कार्यलय प्रमुख सहित अविछिन्न तीस बर्षको कार्यानुभव बटल्नु भएका न्यौपाने जागिरबाट फुर्सद लिएको समयलाई युवावस्था देखिको रुचिको विषय साहित्य सेवामा संलग्न राख्ने मनसायले भर्खरै अलि सक्रिय भएर गुफाबाट साहित्यको विराट आकाशलाई च्याउँदै  हाल साहित्य  लेखन र समाज सेवामा समर्पित रहँदै आउनुभएको छ ।

हालको बसोबास :
भोजपुर, बोखिम (आहाले) मा जन्मिनुभएका साहित्यकार न्यौपाने हाल दमक नगरपालिका -९ झापा,
मेची मा स्थायी बसोबास गर्दै आउनुभएको छ ।

सङ्कलक : बलराम पौडेल 
सम्पर्क : +९७७- ९८४६१००२६१

Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
327308 Times Visited.

Powered by: Exclusively Solution
Top
Content