बाल साहित्य - बालकविता



बालकविता : नारी बेदना

बर्षायाममा झरी बर्सिए सरि
नारी रुन्छिन उसै गरि ।
बचनका पिरले च्वास्स च्वास्स
मुटुमा घोच्छ सधैंभरी ।।

झिसमिस मै उठि छामछुम गर्दै
पँधेरिमा झर्नु पर्दछ ।
सुकेर मुल प्रयाप्त छैन पानी 
कुवाबाट भर्नु पर्दछ ।।

नभुली कतै आत्तिएर आयो बातमारी भुलिस भनेर ।
गर्जिन्छ्न तेसै सासू र ससुरा नरसिँह झैँ बनेर ।।
पुज्दछिन नारी स्वामिराजा लाई 
परमेश्वर ठानेर ।
स्वामिले कुटछ जाँडको तालमा
लौरिले हानेर।।

पकाउन जान्छु भान्छामा बल्दैन आगो चिसोले ।
भोक लाग्यो भनी कराउँछन खाना खान छिटोले ।।
मनको पिर बिसाउँने कहाँ कोसँग कहेर ।
कर्म नै आफ्नो बिग्रेको भनी बसिछु सहेर ।।

बिनिता पौडेल 
हेमजा बोर्डिङ स्कुल  
कक्षा- ८
पोखरा लेखनाथ मनपा २५ हेमजा

Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
329272 Times Visited.

Powered by: Exclusively Solution
Top
Content