बुढ्यौली साहित्य - कविता



बुढ्यौली कविता : ॐ कारमा छौं सब

आयौं जन्म लिएर कर्मभूमिमा रब्धका कर्मले, खेल्यौं नाटक जिन्दगी र यसमै हाँस्यौ रम्यौं मोहले, साँचो ठानी असत्यलाई युगमा बाँची गुमायौं सब, भन्ने ज्ञान भएर बल्ल सहसा अहिले ॐकारमा छौं सब,

२. यात्रा जीवन यो रहेछ यसका यात्री रहेछौं सब 

छोटो भेट हुँदा नि भित्र ममता गाढा हुने वास्तव

नाता कुटुम्ब रै छ मनको आसक्तिको कारण 

ऐले ज्ञान भएर भित्र घटमा ॐकारमा छौं सब


३. बेलैमा नदिएर चिन्न मनले आफ्नो र अर्को कुनै 

शत्रु मित्र बनेछ मित्र त सधैँ टाढा भई पन्छिदै

आदि अन्त्य कतै नदेखि पथको अत्यास लाग्यो जब

ऐले ज्ञान भयो र आखिर महाँ ॐकारमा छौँ सब ।


४. खाई नित्य रमाउँदै विषयको वात्सल्यको अमृत

ठान्यौं त्यो सबले अमूल्य रसिलो सज्जीवनीको रस

त्यै माया रसमा परेर भुलियो गन्तव्य आफ्नो जब

एले ज्ञान भयो र सत्य प्रभुको ॐकारमा छौं सब


५. सोचेनौं कहिल्यै कुनै क्षण यहाँ कस्ले पठायो किन ?

सोचेनौं कहिल्यै कुनै दुःख विपत् पर्ला कि ! जाने दिन !

सोचेनौं कुन हो सधैँभरि हुने अतृप्तिको कारण

ऐले बल्ल सचेत भै मन रम्यो ॐकारमा छौं सब


६. यै हो जीवन जीवको–जगतको सत्कर्मको कारण

यै हो आत्मस्वरूप चेतन सदा आनन्दको कारण

यै हो जन्म र मृत्युदायक अनि यै मोक्षको कारण

सच्चा ज्ञान भएर अन्त्य क्षणमा ॐकारमा छौं सब

Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
329277 Times Visited.

Powered by: Exclusively Solution
Top
Content