बाल साहित्य - बालकविता



बालकविता : जाडो बढ्दै गा'छ

रचना विधा : बालकविता / शिर्षक : जाडो बढ्दै गा'छ / कवि : रमेशचन्द्र घिमिरे / स्थान : भोर्लेटार, लमजुङ्ग

बालकविता


अस्तिभन्दा हिजो अनि हिजोभन्दा आज

मौसम पनि चिसिँदै छ जाडो बढ्दै गा'छ

बाकसभित्र मुसा पसी पाइन्ट काटेको छ

स्वीटर लाऊँ स्वीटरको कुइना फाटेको छ

कम्मल ओढी कोठामा नै बस्नुपर्ने भा'छ

मौसम पनि चिसिँदै छ जाडो बढ्दै गा'छ

पाएदेखि न्याना लुगा,गलबन्दी र टोपी

बस्नु हुन्थ्यो ढुक्कैसँग पूरै जीउ छोपी

आँगनमा घाम तापी बस्न मन ला'छ

मौसम पनि चिसिँदै छ जाडो बढ्दै गा'छ ।

Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
329237 Times Visited.

Powered by: Exclusively Solution
Top
Content