विधा परिचय / पाठशाला - क्रिमुक लेखन परिचय



क्रिमुक लेखन : एक अवधारणा

१. विषय प्रवेश
क्रिमुक लेखन कुनै आयाम र आन्दोलन होइन । यो नेपाली साहित्यमा गरिएको कविता विधा अन्र्तरगतको एउटा नविन प्रयोग र विधा हो । क्रिमुक लेखन आख्यानमा प्रयुक्त छेन । यो मात्र कला र काव्यमा सिमित छ । जसरी नेपाली साहित्यमा तेस्रो आयाम, अस्विकृत विचार, वुटपालिस, नेपाली झर्रावादी आन्दोलन, लिला लेखन हुदै सिर्जनशिल अराजकता सम्म आइपुग्दा साहित्यको विकासमा विविध उतावचढावहरु पार गरिसकेको अवस्था छ । 

तर यो त्यस्तो वैचारिक भिन्नता वोकेर उठेको नयाँवाद होइन, नत कुनै आयाम नै हो । यो काव्य र कलामा मात्र विचरण हुने हुनाले नेपाली साहित्यमा कुनै गतिरोध हुदैन । वाद र आन्दोलनले समकालिन समयमा कुनै स्थापित परम्परागत वादले राज्य गरिरहेको वेला वा पूर्व स्थापित मान्यता बाँचिरहेको वेला विचार पक्षमा प्रक्षेपण गरी बैचारीक आन्दोलनले पूर्व स्थापित वादमा विचलन वा भताभुङ्ग पारिदिन्छ । पूरानो मान्यताले भन्दा नयाँ विचार मान्यता वा सिद्धान्त बोकेर समाज निमार्णमा अग्रसर बन्दछ । तर यो क्रिमुक लेखनले न कविताको मान्यता तोड्छ न गजल वा मुक्तकको नै । न त  स्थापित छन्दमा नै विचलन ल्याउँछ, न त कसैलाई असर गरी बैचारिक मतान्तर ल्याउँछ । 

नेपाली साहित्यमा उदाएको नविन एउटा साहित्यिक तारा हो क्रिमुक । फूल्न लागेको कोपीला फूल हो क्रिमुक । नेपाली साहित्यको कविता काव्य अन्र्तगतको अत्यन्तै सानो वा लघुत्तम कविता हो क्रिमुक । विश्व साहित्यको सवभन्दा लधुत्तम रुप जापानी हाइकुलाई मानिन्छ । त्यो भन्दा पनि सानो ÷ लधुत्तम काव्य स्वरुप हो क्रिमुक । आजभोली नेपाली हावापानी र जटिल बन्दै गएको व्यस्त मानव जीवन शैलीमा आएको छोटो, छरितो र तिक्ष्ण मान्यता बोकेर उदाएको काव्य विधा हो । यो लेखन वि. स. २०४८ साल तिर कवि अविराम क्रान्तिले गरेको पाईन्छ । यसलाई नयाँ सिर्जनाको रुपमा स्थापित गराउन सुरेश काफ्ले विदारक, लाल अन्जान, एकान्त प्रेमी कन्दङ्वा अगाडी बढीरहका पाईन्छन् । यसलाई अगाडी बढाउन यहाँहरुको सिर्जना सहयोगको अपेच्छा गर्दछौं । 


२. क्रिमुकको संरचना 

संरचनाको हिसावमा क्रिमुकलाई विश्व काव्यसाहित्यको  लधुत्तम काव्य रुप भन्न सकिन्छ । यसको पहिलो हरफमा तीन अक्षर र दोस्रो हरफमा ६ अक्षर गरी जम्मा नौ अक्षरको हुन्छ । यसलाई दुई हरफमा लेखिन्छ भने यसको शिर्षक राख्नु आवश्यक हुदैन । पूर्ण नौ अक्षरमा रचना गरिने क्रिमुकको मुल शब्द चयन हुनु पर्दछ  भने यसको प्रभाव मन मस्तिष्कमा धातुको आवाज जस्तो लामो तरङ्ग हुनु आवश्यक छ ।

उदाहरणहरु

विदेश ३ जीवन विरानो

सपनाको यात्रा ६ त्यो अमृतपान ।१। 

सस्तो पाठशाला ।२।

जम्मा ९


३. क्रिमुख लेखनको नियम


क्रिमुकको विस्तारीत रुप क्रियामुक्त कविता हो । क्रिया वेगर पनि वाक्यांशको सहारावाट पूर्णक्रिया भएको वाक्यले जस्तो भावनालाई चलाउन वा अभिव्यक्त गर्न सकिन्छ भने किन क्रियाको प्रयोग गर्ने भन्ने मान्यता यसले राख्दछ । यसैको मान्यतानुसार यसको प्रार्दुभाव गरिएको हो । तर्सथ क्रिमुख लेख्दा खेरी छ, हो, जान्छ, खान्छ, आयो, गयो जस्ता पूर्व क्रियाको प्रयोग गर्न पाईदैन । यसले काव्यमा क्रियापद विना पनि भावना अभिव्यक्त गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । भावनाको बगाई क्रिया वेगर अन्य मुल शव्दको प्रयोगबाट पनि अभिव्यक्त गर्नु यसको मुख्य उद्देश्य हो ।


४. हाइकु र क्रिमुकविचको समानता र अन्तर 


हाइकु जापानी १७ अक्षरमा संरचना गरीने लधुकविता हो । यसले अन्तराष्ट्रिय मानक बनाइसकेको जापानी भाषाकाृ पुरानो कविता हो । यसलाई नेपालमा कवि  क्षेत्रप्रताप अधिकारीले भित्राएका हुन् । 

 

क्रिमुक नेपालमा नै निमार्ण गरिएको स्वदेशी कविताको लधुत्तम काव्य हो । यो नौ अक्षरभित्र क्रियापदको अनुपस्थितीमा रचना गरिन्छ । यो वि. स. २०४८ सालमा निर्माण गरिएको नवकाव्य हो ।


 ४.१ हाइकु र क्रिमुकविचको अन्तर


क) हाइकु ५–७–५ अक्षर गरी तीन हरफमा रचना गरिन्छ भने क्रिमुक ३–६ को अक्षरीय  संरचना सहित   रचना गरी दुई हरफमा रचना गरिन्छ ।

ख) हाइकुमा पूर्ण क्रियाको प्रयोग गर्न पाईन्छ भने क्रिमुकमा क्रियाको रुपमा क्रियाको प्रयोग गर्न निषेध गरिएको छ ।

ग) हाइकुमा जम्मा १७ अक्षरहरु हुन्छन् भने क्रिमुकमा जम्मा ९ अक्षरहरु हुन्छन् ।

घ) हाइकुमा प्रकृतिवोधक शब्दको प्रयोग अनिवार्य छ भने क्रिमुकमा यसको प्रयोग अनिवार्य छैन ।


४.२ हाइकु र क्रिमुकविचको समानता 

क) दुवै कविताको लधुत्तम रुप हुन् ।

ख) दुवैले पाठकको मस्तिष्कमा एउटा छुट्टै कम्पन्न उत्पन्न गर्न सक्ने प्रभावशाली रचनाको काव्य विधा हो ।

ग) दुबैमा प्रभाव बढाउनको लागी प्रकृतिवोधक शब्द, विम्व, मिथकको प्रयोग गरी रचना गर्न सकिन्छ ।


५. क्रिमुक लेखन 


विज्ञान र प्रविधिले दिन दिनै छोप्दै गएको यो आधुनिक तथा वैज्ञानिक समयमा मान्छेलाई साँधुरो र धेरै व्यस्त बनाउदै लगेको छ । आजको विज्ञान र प्रविधिको आवश्यकताले हाम्रो देश नेपाललाई पनि गाँज्दै लगेको छ । मानिसहरु व्यस्त हुदै गएका छन् । अत्यन्त कम समयमा धेरै प्रयोग गर्ने हतार हुन्छ मानिसमा । यसै परिपेक्ष्यले विश्व कम्प्युटरको टाउकोमा विचरण गर्न थालेको छ । यस्तो हतारमा मानिस महाकाव्य, खण्डकाव्य, लामा कविता, उपन्यास, निवन्ध जस्ता घण्टै लाग्ने सृजना पढ्न फुर्सद हुदैन । त्यसैले समयको संक्षिप्तता भित्र गाडीमा यात्रा गर्दा, थकाईले चौतारीमा थकाई मार्दा, सूताउदा, के पढ्यौ भन्ने भाव आउँदा, खाँदा खाँदै, बस्दा बस्दै सानो शुन्य समयमा काव्य  रसपान गर्नको लागी क्रिमुक पढ्न, लेख्न सकिन्छ । व्यस्ततामा कामको व्यस्ततालाई लेखन र पढाईमा प्रयोग गर्न क्रिमुक सक्षम छ । यो लेखन अवको नेपाली काव्याकासमा स्थापित हुन आवश्यक देखिन्छ । यो नेपाली वाङ्मयको नविन प्रयोग पनि हो । 


६. क्रिमुकका तत्वहरु

क्रिमुकमा कवितालाई काव्य वनउने सवै तत्वहरु प्रयोग गरिन्छ । यसमा विम्व, प्रतिक, रुप, सौन्र्दयता तथा मार्मिक तथा प्रभावशाली शब्द शैलीको प्रयोग अनिवार्य छ । काव्यका सम्पूर्ण अन्तरनिहित अभिलक्षणामा क्रिमुक रचना गर्न सकिन्छ । यसलाई पूर्णता दिलाउन निम्न तत्वहरुको आवश्यक छ ।

  ६.१ सघनता

क्रिमुकको प्रभाव शक्तिको तौल गहुँगो हुन आवश्यक छ । विषय र शव्द चयनमा ध्यान दिई यसमा गहनता हुनुपर्छ । पढ्दैमा गम्भिर भाव वोकेको चिन्तन मनन योग्य र दर्शनपुर्ण हुनु आवश्यक छ । यसवाट सशक्त विचार प्रवाह हुनुपर्दछ । नौ अक्षरको संरचनामा रचना गरी क्रिमुकले पाठकको काव्यस्वादलाई पूरा गर्दै सन्देश सम्प्रेषणमा प्रभावकारी आवश्यक छ ।

  ६.२ संक्षिप्तता 

क्रिमुक लेखनमा संक्षिप्तता र प्रभावकारी गहनता यसको मुख्य विशेषता हो । यो काव्य जस्तो लामो हुदैन । दुई हरफहरुमा ३–६ गरी नौ अक्षरमा सिमित रहन्छ । सानो सुक्ष्म भएर पनि प्रत्येक साहित्यिक पाठकको दिमागमा साहित्यिक रसको झड्का दिन सक्नु पर्दछ ।

   ६.३ सुक्रात्मकता

क्रिमुक लेखनमा विचार र भावनाको संयोजन अनिवार्य हुन्छ । यसले दिने छोटो सन्देशको प्रभावकारीता सुत्रात्मकता हुनुपर्दछ । शब्द छनौट र शब्द शक्तिमा सुत्रजस्तो वास्तविक जीवनलाई

 मार्गदर्शन दिन सक्नुपर्दछ । भावनामात्र पोखिएमा समाज र जीवनशैली प्रभाव पार्न सक्दैन । बुद्धि र ह्दयको संयोजन गरी सुत्रवद्ध तरिकावाट यसको रचना गर्नु पर्दछ ।

   ६.४ चित्रात्मकता

क्रिमुक रचनाको अध्ययन पश्चात पाठकको दिमागमा सौन्दर्य सोचको एउटा चित्र , प्रतिविम्व वनाउन सक्नु पनि यसको मुख्य विशेषता हो । जुन वस्तु वा विषयको वारेमा साहित्य लेखिन्छ त्यसले भन्न खोजेको चित्र हाम्रो सोचमा चित्र बनाउन वा प्रभाव पार्न सक्नुपर्छ ।

७. सारांश  

क्रिमुक कविता काव्यको लघुत्तम रुप हो जो छोटो, मिठो र मनमा बस्न सक्ने सकारात्मक चस्कारुपी धातु हो, जसले मस्तिष्कमा लामो गुञ्जन दिन सक्छ ।  अवधारणगत रुपमा क्रिमुक अगाडी आई सकेको छ  । यसको पहिचान र विकासको लागि सर्जकको लगाव र मिहिनेतको आवश्यक देखिन्छ । यसले छोटो समयको लामो प्रभाव दिन सक्ने काव्य विधा हो । स्वादको जिरे खोर्सानी र काव्यको क्रिमुक, प्रभाव मानव समुदायमा एकै हुन्छ भन्नु अतिसयोक्ति नहोला ।

हुन्छ

Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
247214 Times Visited.

Powered by: Exclusively Solution
Top
Content