कथा - लघुकथा



लघुकथा : हाँस्न बिर्सिने उमेर

नेपाली गुरुले आफ्नै रफ्तारमा कक्षामा पढाएर सक्नु भो । बिभिन्न उदाहरण दिएर, एक पछि अर्को प्रेरणा थप्दै गुरु भन्दै हुनुहुन्थ्यो - तिमी हरुलाई हरेक क्षेत्रमा, हरेक बिधा जस्तै कथा, कबिता, निबन्ध, बाद बिवाद सबैमा काम लाग्छ आजको बिषय ।

र आजको बिषय थ्यो - 'सुखी जीवन' । सबैले निकै चाख मानी मानी सुनिरहेका थिए । कोही कोही आफ्नै तालमा पनि थिए एक आपसमा भबिस्य बारे गफिदै थिए - "बिहे जागिर, बाल बच्चा पछि को लाईफ त क्या मज्जा होला है !"

यस्तैमा एक जेहेन्दार विद्यार्थी आफ्नो ठाउँ बाट उठ्यो र सर लाई प्रश्न गर्‍यो - " गुरु ! मान्छे कहिले बाट हास्न बिर्सिन्छ ? मेरो मतलब हाँस्न बिर्सिने उमेर कुन हो ?"

गुरु अलपत्र परे अनी सोधी हाले - यस्तो पनि प्रश्न हुन्छ ? किन सोध्यौ यस्तो प्रश्न ?

गम्भिर जवाफ दियो उसले - हामी रमाइलो गर्छौ, हाँस्छौ, खेल्छौ तर ...म यत्रो भएँ, मैले न तपाईंहरु हाँसेको देखेँ न त ..  मेरो बुवा मम्मी लाई कहिल्यै खुलेर हाँसेको नै देखेको छु ।"

कक्षा सकिन लाई घन्टी बजी सकेको थियो गुरु फतफताउदै निस्के बाहिर - तिम्रो पनि बेला आउँदै छ बाबु ! हेक्का राख्दै गर्नु कहिले बाट बिर्सिन्छौ हास्न !" 

Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
247213 Times Visited.

Powered by: Exclusively Solution
Top
Content