कथा - लघुकथा



लघुकथा : हेलाँ

राधाआज धेरै नै खुसी भइरहेकी थिइन ता कि छोरो रमेश अमेरिकाबाट बुहारीसंगै घर आउँदै थिए नबदुलहीको मुख त फोटोमा मात्र देखेकी राधाले आमुने सामुने भेटिएकि त थिइनन् । एक्लो छोरो रमेसलाई अमेरिका पठाएर पढाउन रमेशको बुबा हरिले पनि अनेकौ दुख कष्ट गरि जोरजाम गरि पठाइएको थियो ।

खुसी हुँदै थिए दुबै रमेशको बुबा र आमा ! रमेशले पढाई सकेर घर फर्किरहेका खबरले त्यसमाथी एउटै कलेजमा पढ्ने केटिसंगै प्रेम बिबाह गरि उनिसंगै आइरहेको खबरले झन यि प्रौढ दम्पति अझै खुसी भइरहेका थिए । उदार स्वभावका यि दम्पती सन्तानको सुख दुख नै आफ्नो सम्झीन्थ्यो । एउटि छोरी पनि थिइन । उनैले मन पराएकी केटोलाई हरि र राधाले आफैले बिहे गराइ पठाइ दिएका थिए । तर मोटर साइकल दुर्घटनामा एक दिन दुबै ज्वाई छोरीको देहान्त भयो ।

रमेश पढ्ने खालको मान्छे थियो ब्याचलर सकेपछी अमेरिकामा रमेशले माष्टर डिग्री गर्ने मन गर्‍यो तत्काल हरिले पनि तुरुन्तै रुपियाँ जोहो गरि अमेरिका पठाए  ! चार बर्ष पछि कलेजमा आफु संगै पढेकी एउटि नेपाली केटीसंगै त्यहिँ आकस्मिक बिहेको प्रस्ताब गर्‍यो र बाबा आमा दुवैले स्विकृती दिएका थिए ।


नभन्दै रमेश र रुपा साँझ्पख घरमा नै आइपुगि सकेराधा ट्वाल्ल परि छोरा बुहारीलाई हेरिरहन्छिन  एउटा कुनामा हरि पनि हर्षित मुद्रामा हेर्दै बस्छ्न । अब त केहि सुखका दिनआयो भनी हरि एकछिन  त आँसु सलल बगाउँछ नेपाल सरकारको खरदारी जागिरबाट उ भर्खरै मात्र रिटार्यड भएको थियो ।  घरपरिवारमा केहि समय राम्रोसंगै बिते । समयले काँचुली फेर्न कति नै बेर !हाइ सोसाइटी आशा गर्ने रुपाको व्यबहार सासु ससुरोप्रती गरिने ब्यबहारमा परिवर्तन हुंदै गइ रहे । दुबै जना अफिस जान्थे तर घर फर्केपछी भान्साको काम केही नगर्ने सवै  काम नास्तादेखी पकाइ धुलाई राधाले नै गर्नु पर्ने देखियो । रुपाको अगाडि रमेश त चुँक्क पनि बोल्न नसकिने पात्र बन्दै थियो । 

केहि भनियो कि रमेशले चित्त दुखाउँछकि भनेर हरि पनि केवल  चुपचापले हेरिरहन्थ्यो । साठी कटिसकेका यी दम्पती जीबनको उत्तरार्धमा पनि अझै दुख झेल्नुपरेको हो यो कस्तो समयको बिडम्बना ! हामी कसकोलागी दिन रात मेहेनत गर्दछौ यहि सन्तानको भबिस्य राम्रो गर्नको लागी घाम पानी हुरि बतास पनि नभनी समर्पित गर्दछौ छाडी जानुपर्ने खरानी जिबनमा मर्नु भन्दा अगाडी सुखसंगै मर्न सकौ भनी आशा गर्द्थेँ । हरि त सहन सक्थ्यो राधाको मन त कोमलै थिइन भन्न त उनि केहि जवाफ दिदैन एकान्तमा केवल धुरु-धुरु रुन्छीन । कहिले काहिँ रमेश रुपाको मात्र साइड लिएर आमालाई नै हकारिन्थ्यो राधा बश, चुपचाप सहि रहन्छीन ! एकाएक रमेशमा आएको यो परिबर्तनमा आफ्नै मायाको कमि हो कि भनेर दुबै दम्पती सोचि रहन्थ्यो ।

कुनै दिन रमेश सानैमा निकै ज्वरोले बेहोश नै हुने गरि सताउँदा रात रातभरि सुट्दै नसुतिकनै आमा बुबा दुबै रमेशको उपचारमा लागिरहन्थ्यो । उसको स्वास्थको कामनागर्दै अनेक देबि देवताको दर्शन गरि हिड्थ्यो । समय गुज्रीदै जान्छ आमाको न्यानो ममतामा केहि  कमजोरि नहोस भनी हरतरहले रमेशलाई हुर्काउन  यि दुबैले अनेकौ कष्ट गरेका थिए । रमेश पढाईमा तेज थिए बा्चलर सके पछि हरिले अमेरिकामा  पढाउन पठाएको थिए ! आज सम्म पनि छोरालाई उत्तिकै माया गर्छीन यहि सम्झेर राधा छोराको क्षुद्र बचनमा नादानी सम्झी चुप लाग्छीन ।


पुष माघको जाडो थियो बाताबरण कठ्याँग्रीदै थियो । त्यसो त बिहान त के कुरो एक दमै चिसो ! तै पनि राधा  छोरा बुहारीलाई चिया दिदै आफ्नो कोठामा एक छिन  हरिसंगै के बसेकी मात्र थिइन कोठामा रमेश पस्छन र भन्दै थियो,, बुबा भोली या पर्सी नै हामी आफ्नै नयाँ घरमा जाँदैछौ,, छोराको कुरा सुनेर अनभीज्ञ हरि र राधा दुबै मुखा मुख गर्छन । केहिबेर सम्म दुबै टोलिरहे कुन बेला रमेश कोठाबाट निस्कियो उनिहरुलाई पत्तै भएनन् बरु हरि र राधा बसेको कोठाका भित्ते र सिलिङ्हरुले पलेटी  मार्दै जिस्काउँदै भन्दै थिए,,

खोइ त तिमिहरुले नै उमारेका फूलले आज किन काँडा रोपिदै गयो ? ...........

Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
329266 Times Visited.

Powered by: Exclusively Solution
Top
Content