बाल साहित्य - बालकविता



बालकविता : सरसफाई

कपाल कोर्ने काइयो
आमा मलाई चाहियो
कोरी बाटी गर्छु
चिरिच्याट् पर्छु ।।

सफा गर्ने साबुन

आमा दिनुस् लाउन

हातमुख धुन्छु

सफा सुग्घर हुन्छु ।। 


नङ् काट्ने नहिनी

नङ काट्न चाहिनी

लामो नङ् काट्छु

छोटो छोटो पार्छु ।। 


शरीर पुछ्ने रुमाल

आफैं बन्छु कमाल

हात मुख पुस्छु

सफा राम्रो बन्छु ।।

Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
268444 Times Visited.

Powered by: Exclusively Solution
Top
Content