गजल - स्वतन्त्र गजल



गजल : अम्बिका कार्की अमु

हेरी राख एकदिन पहेंलो रंङ्गको खुन हुन्छ ।
धातु मानिएको त्यही फलाम नम्बरी सुन हुन्छ ।
हजारौं ताना बोकेर चेली माइती परदेशिए ।
सबै छट्पटिदै छन् मुस्कुराउने मात्र जून हुन्छ ।

लोभ र मोहमा चिन्न भुल्दैछन् आफन्त र पराई

सम्बन्धलाई चिनाउने विश्वासिलो  नुन  हुन्छ ।

संस्कार र संस्कृतीको व्यापार गर्‍यो छिमेकीले

आमाले प्रायजसो भन्नुहुन्छ नबिर्सने गुन हुन्छ ।

आय ब्यय हेर्दैमा समय हुन्न परिवारलाई 

बदलिँदो बिज्ञानको जमाना पैसाकै धुन हुन्छ ।


अम्बिका कार्की अमु

सर्लाही वाग्मती नपा

हाल चितवन भरतपुर


Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
268477 Times Visited.

Powered by: Exclusively Solution
Top
Content