गजल - स्वतन्त्र गजल



गजल : राजबाबु श्रेष्ठ सागर

यति खेर भने म आफ्नै भरोसाको सासको दौड्मा छु ।
देशको एक सुन्दर सपना बोकी खासको दौड्मा छु ।।

कोही कुर्सीको  दौड्मा छन्त कोही कमिसनको दौड । 

तर म भने यतिखेर बिहान बेलुकी गाँसको दौड्मा छु ।।


कोही  महलमा  निसासिएर  आफ्नो निन्द्रा बेच्दछन् । 

म आनन्दले  निदाउन  झुपडीको  बासको  दौड्मा छु । ।


सर्वहाराको  नारा  लाउने  नेता  भए  अहिले हिट्लर । 

देशको लागि  मर्ने म  शहीदको  लासको  दौड्मा छु ।।


कर्म  भन्दा  नारा ठूलो हुन्न कहिल्यै यो बुझ्नु सबैले । 

म आफ्नो  वीर्यले वीर  जन्माउने आसको दौड्मा छु ।।



राजबाबु श्रेष्ठ "सागर" 

महोत्तरी, रामनगर 

हाल - भक्तपुर , नयाँ बस्ति

Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
360314 Times Visited.

Powered by: Exclusively Solution
Top
Content