मुक्तक - मुक्तक



चार मुक्तक

मान्छे मान्छे विचमा मैले सम्मान भेटेको छैन
आँसु मात्रै पिउँछन् यहाँ मुस्कान भेटेको छैन
फगत ढुङ्गा मात्रै रै'छ जति पूजे पनि मूर्ति-
साँच्चै ! आजसम्म मैले भगवान भेटेको छैन ।

आमाकै छाती लुछिएको देख्छु 

रगतमै धोका मुछिएको  देख्छु 

सिन्दुरलाई 'नि विश्वास कसरी गरुँ म-

विहेमै सिउँदो पुछिएको देख्छु ।



जीवन हैन मृत्यु रोज्ने मुर्दाहरुको लाम छ

शहीदको सपनामाथि कुल्चिएको डाम छ

गर्भभित्रै सुन्नु बालक बन्दका यी खवर अब-

नजन्मिनु यो मुलुकमा आज चक्का जाम छ ।



पक्कै तिमीले पराईको आँगन टेकेको हुनुपर्छ

मलाई लाग्छ तिमीले मुटु अन्तै बेचेको हुनुपर्छ 

नत्र किन चर्काउँथ्यौ र मेरो मनलाई घरीघरी-

शायद तिमीले यो छातीलाई सिसा देखेको हुनुपर्छ ।



विष्णुबाबु देवकोटा

भरतपुर-१३, चितवन 

(हाल: काठमाण्डौ)

Related Documents:

   Related Pictures:

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
360318 Times Visited.

Powered by: Exclusively Solution
Top
Content