बाल साहित्य - बालगीत




बालगीत : चङ्गा चेट

हेरहेर आकाशमा, धेरै चंगा फरर,
वल्लो डाँडा पल्लो डाँडा लटाइ सरर ।
लामालामा पुच्छर, माथिमाथि उडेका,
एकअर्को छक्याउदै, बादलमा लुकेका ।

कसको धागो लामो छ, कसको छोटो छ,
हाम्रा भाइको लटाइ धागो, धेरै मोटो छ ।।

हावा चल्यो हरर, चंगाहरु फरर,
वल्लो डाँडा पल्लो डाँडा लटाइ सरर ।।

धागो खैंच छिटोछिटो, लडार्इं पर्ने भो,
चङ्गाहरु छुचाछुचा, के पो गर्ने हो ।।

उड्दाउड्दै आकाशमै,जम्काभेट भो,
गाँठोपरी चट्ट छिनी, चङ्गा चेट भो ।।

हावा चल्यो हरर, धेरै चंगा फरर,
वल्लो डाँडा पल्लो डाँडा लटाइ सरर ।।

Related Documents:

   Related Pictures:

बालगीत : चङ्गा चेट - 2017-10-14

हेरहेर आकाशमा, धेरै चंगा फरर,
वल्लो डाँडा पल्लो डाँडा लटाइ सरर ।
लामालामा पुच्छर, माथिमाथि उडेका,
एकअर्को छक्याउदै, बादलमा लुकेका ।

बाल गीत : पहिले र अहिले - 2017-09-18

नहुँदा गाउँमा स्कुल, बाले पढ्नु भएन
आमा त घरकी बुहारी, वहाँको कुरै रहेन 
अहिले गाउँमा स्कुल, पढ्न छैन मुस्किल
असल मान्छे बन्नु छ, गएर सँधै स्कुल ।

बालगीत : हाम्रो अनुरोध - 2017-09-15

हामी फूलका कोपिला हौ, बिरुवाको मुना
दिउँसो लाग्ने घाम हामी, राती लाग्ने जून ।
स्कुल हो फूलबारी हामी फूल्ने फूल
सुवास छर्ने मौका दिनुस् नगरे र भूल
भविष्य हौ यो देशका नयाँ चित्र कोर्छौ
मौका पाए यो देशलाई सिर्जनाले भर्छौ
हामी फूलका...

बाल गीत : राष्टको विकास - 2017-09-15

हरियो वन राष्ट्रको धन मिलेर बचाऊँ है 
विश्वको सुन्दर रूख फेरि रोपी पृथ्वी सजाऊ है ।

रूख रोपी फेरि हामी सबै मिली विश्वलाई सिँगारौँ 
हरेकमा फेरि जनचेतना भरी अन्तलाई लगारौ ।

बाल गीत : पढ पढ बाबू - 2017-09-15

पढ, पढ बाबू डाक्टर हौला 
बिरामीको तिमी सेवा गरौला

गीत र कविता कापीमा लेख्नु
न पढ्ने केटाको मुखै न देख्नु

बाल गीत : झाडा पखाला - 2017-09-12

पखाला तुरुरु पखला तुरुरु, 
ऐया आमा पेट दुख्यो रुन्छु धुरुरु
विहानको खाना मैले हात नधोई खाँदा
भुनभुनाउँदै थालभरि झिँगैझिगा बस्दा
पखला तुरुरु..

कृति समिक्षा तथा समालोचना





नव साहित्य डट ओआरजी

Main Road,Hetauda ,
Makwanpur
+977-9851177389
http://nabasahitya.org,
Email: nabasahitya@gmail.com

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © नब साहित्य डट ओआरजी २०७२ मा सुरक्षित रहनेछ ।
329243 Times Visited.

Powered by: Exclusively Solution
Top
Content